जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मेगा बैंक र गण्डकी विकास बैंकको गाभिने निर्णय जेठ २१ गते

मेगा बैंक र गण्डकी विकास बैंकको गाभिने निर्णय जेठ २१ गते

मेगा बैंक र गण्डकी विकास बैंकको गाभ्ने÷ गाभिने निर्णय जेठ २१ गते हुने भएको छ ।

मेगा बैंकले साधारण सभामा गण्डकी विकास बैंकलाई गाभ्ने प्रस्ताव पारित गर्ने जनाएको छ भने अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्न समेत सञ्चालक समितिलाई अधिकार समेत दिने प्रस्ताव लैजाने भएको छ ।

बैंकले साधारणसभाका लागि जेठ ११ देखि बुकक्लोज गर्नेजनाएको छ । जेठ ९ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउने छन् ।

यता गण्डकी विकास बैंकले सधारण सभामा मेगासँग विलय हुन स्वीकृति दिने प्रप्ताव लैजाने भएको छ । बैंकले एक बराबर एक सेयर अनुपातमा मेगासँग विलय हुनको लागि साधारण सभाबाट अनुमति दिने भएको छ ।

साधारणसभाका लागि कैंकले जेठ ९ गतेदेखि बुकक्लोज गर्ने जनाएको छ ।

२१ गतेको लागि बोलाएका साधारण सभामा दुवै बैंकको आ–आफ्नै कार्यालयमा हुने भएको छ । मेगा बैंकको केन्द्रिय कार्यालय कमलादी काठमाडौं र गण्डकी विकास बैंकको केन्द्रिय कार्यालय चिप्लेढुङ्गा पोखरामा हुने भएको छ

6885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका