जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१

मेट लाईफको नाफा २१ करोड ?

अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफले चालू आर्थिक वर्षको नौं महिनासम्म २१ करोड ६८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा ५ दशमलव ९६ प्रतिशत बढी नाफा गरेको हो । गत वर्ष यो नाफा २० करोड ४६ लाख रुपैयाँभन्दा बढी थियो । यस वर्ष कम्पनीको आम्दानी १३ दशमलव ६८ प्रतिशत बढी रू. ५ अर्ब ४६ करोड ७ लाखभन्दा बढी छ ।

नेपालमा शाखा स्थापना गरी कारोबार सञ्चालन गरेको कम्पनीको चुक्तापूँजी भने उल्लेख भएको छैन् । गत वर्षभन्दा ९ प्रतिशत बढी १७ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ जीवन बीमा कोष रहेको कम्पनीको जगेडा कोष रकम ३४ प्रतिशत बढेर २ अर्ब २९ करोड ९५ लाख रुपैयाँभन्दा बढी रकम कायम भएको छ ।

गत वर्षभन्दा यस वर्ष ७ दशमलव ९० प्रतिशत बढी ३ अर्ब ३० करोड ८८ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेकोमा हाल १३ लाख ६६ हजार ८६५ बीमालेख जारी छ । गत वर्ष १ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष २ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको छ । विमितहरुलाई बीमालेख धितोमा यस वर्ष ९६ करोड ४ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

8405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?