जोडिनुहोस
शनिबार, जेष्ठ १२, २०८१
शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • खुकुरी रमले ‘खुकुरी म्युजिक नेसन’ आयोजना गर्दै, गायन प्रतिभा भिडियोमार्फत् प्रस्तुत गर्न सकिने

खुकुरी रमले ‘खुकुरी म्युजिक नेसन’ आयोजना गर्दै, गायन प्रतिभा भिडियोमार्फत् प्रस्तुत गर्न सकिने

खुकुरी रमले ‘खुकुरी म्युजिक नेसन’ आयोजना गर्ने भएको छ। अंग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा खुकुरी रमले ख्याती प्राप्त संगीतकर्मी र कलाकारहरुको साथमा प्रतियोगिता आयोजना गर्ने जनाएको छ। कम्पनीले प्रतियोगिताले नेपाली संगीतसँगै कलाकारहरुको उत्थान, प्रवर्द्धन एवम् प्रोत्साहनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

खुकुरी रमले आफ्नो वेबसाइटमार्फत् प्रतियोगिता संचालन गर्ने जनाएको छ। इच्छुक व्यक्तिहरुले आफू भित्र रहेको साँगीतिक प्रतिभालाई भिडियो मार्फत् प्रतियोगितामा प्रस्तुत गर्न सक्ने खुकुरी रमले जनाएको छ। भिडियो अपलोड गर्ने सहभागीहरु मध्येबाट शीर्ष १६ प्रतियोगीहरुको नाम २०२१ जनवरी १ मा आयोजना हुने ‘खुकुरी देशको संगीत’ साँगीतिक कार्यक्रमबाट घोषणा गर्ने तयारी खुकुरी रमको छ।

प्रतियोगिताको निर्णायकमा चर्चित संगीतकर्मी विपुल क्षेत्री, समृद्धी राई र सबिन राई रहने खुकुरी रमले जनाएको छ। नयाँ वर्षमा आयोजना हुने उक्त साँगीतिक कार्यक्रममा ख्याति प्राप्त नेपाली साँगीतिक ब्यान्डहरु कबवेब, समृद्धी राई, विपुल क्षेत्री, सबिन राई एण्ड द फारो, द एक्स ब्याण्ड र द इलिमेन्ट्सले प्रस्तुति दिने बताइएको छ।

कोभिड-१९ महामारीका कारण खुकुरी रमले बृहत् अनलाइन कन्सर्ट मार्फत् प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ। प्रतियोगिताको बिजेताले ११ लाख रुपैयाँबराबरको खुकुरी म्यूजिकलसँग करार सम्झौता गर्दै कलाकारहरुसँग देशका विभिन्न भागमा साँगीतिक प्रस्तुति दिने अवसर पाउने खुकुरी रमले जनाएको छ।

खुकुरी रमको तर्फबाट ‘खुकुरी रम नेपाली संगीत र यहाँको साँगीतिक प्रतिभाहरुमा गर्व गर्दछ। हामीले वर्षैभरी विभिन्न सांगीतिक कार्यक्रमहरुको आयोजना गर्नुका साथै त्यस्ता कार्यक्रमहरुलाई साथ दिएका छौं। हामीले उदयमान नेपाली कलाकारहरुलाई उनीहरुको आफ्नो प्रतिभा प्रस्तुत गर्नका लागि एक उपयुक्त मञ्च हुने अपेक्षा राखेका छौं,’ कार्यक्रम म्यानेजर श्रीदा शाहले भनिन्।

3470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका