जोडिनुहोस
शनिबार, जेष्ठ १२, २०८१
शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • ८ बैंकले बढाए बेस रेट, ऋणको ब्याजदर कुन बैंकमा सस्तो ?

८ बैंकले बढाए बेस रेट, ऋणको ब्याजदर कुन बैंकमा सस्तो ?

लगानी योग्य रकम (तरलता) अभावका बीच पनि बैंकहरुको बेस रेट (आधार दर) चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घटेको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार २७ वाणिज्य बैंकहरुको औसत आधार दर ७.५२९ देखिएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ७.७९३ थियो ।

बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार हो बेस रेट । बेस रेट सस्तो हुँदा ऋणको ब्याजदर पनि सस्तो हुन्छ । यो आधारमा सबैभन्दा ऋणको ब्याजदर सस्तो स्टाण्डर्ड चार्ट बैंकमा हुने देखिएको छ । यस अघि सबैभन्दा कम बेस रेट राष्ट्रिय वाणिज्य बैंकको देखिएकोमा अहिले कम हुनेको पहिलो नम्बरमा स्टाण्डर्ड चार्टड देखिएको छ ।

कर्जाको ब्याजदर निर्धारणमा स्पष्टसँग पहिचान गर्न सकिने तत्वहरु समावेश गरी गणना गरिएको दर नै आधार दर (बेस रेट) हो । बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर निर्धारण प्रतिष्पर्धी र पारदर्शी गराउने उद्देश्यले आर्थिक वर्ष २०६९/७० को मौद्रिक नीतिमा पहिलोपटक आधार दर प्रणाली लागु गर्ने उल्लेख गरिएको थियो ।

आधार दर २०६९ सालमै वाणिज्य बैंकमा लागु भएको थियो भने त्यसको एक वर्षपछि २०७० सालदेखि मात्रै विकास बैंक र फाइनान्स कम्पनीहरुमा लागु गरिएको थियो ।

जसमा कर्जाको जोखिम प्रिमियम अर्थात जोखिम अनुमानको दर थप गरी ब्याजदर निर्धारण गरिन्छ र यो बैंकबाट कर्जा उपभोग गर्ने ऋणीहरुमा समान रुपले लागु हुन्छ ।

तर, आधार दर कर्जाको वास्तविक ब्याजदर होइन । यो ब्याजदर निर्धारण गर्ने आधार मात्र हो । जसलाई ब्याजदरको सन्दर्भ दर पनि भन्न सकिन्छ । अर्थात बैंकहरुले आधार दरलाई सन्दर्भ दर मानेर ब्याजदर तोक्नु पर्दछ । अहिले बैंकहरुले आफ्नो बेस रेट कति छ त्यसमा केही निश्चित प्रतिशत जोडेर ब्याजदर निर्धारण गर्ने गरेका छन् ।

आम रूपमा बेस रेट घट्दा बैंकिङ कर्जाको ब्याजदर घट्छ । तर, यसमा बैंकहरुलाई खेल्ने ठाउँ पनि हुन्छ । बैंकले ग्राहक हेरेर बेस रेटमा अतिरिक्त केही प्रतिशत प्रिमियम थप्न सक्छन् ।

सरकारले ल्याएको विभिन्न किसिमका सहुलियत कर्जामा भने बेस रेटमाथि बढीमा २ प्रतिशत मात्रै प्रिमियम जोड्न पाउने व्यवस्था छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले साना कर्जामा पनि बढीमा २ प्रतिशतमात्रै प्रिमियम जोड्न सक्ने बताएको छ ।

१ करोड माथिका कर्जामा भने बैंकहरु आफैंले प्रिमियम तोक्ने अधिकार पाएका छन् । अहिले राष्ट्रिय वाणिज्य बैंकको बेस रेट ५.४१ प्रतिशत छ । यदि यस बैंकमा १ करोड मुनिको कर्जा लिन जाँदा बेस रेटमा अधिकतम २ प्रतिशत जोड्दा ७.४१ प्रतिशत कर्जाको ब्याजदर हुनेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ वटा कमर्सियल बैंकले बेस रेट बढाएका छन् । बाँकी १९ बैंकहरुको भने बेस रेट घटेको छ । बैंकमा तरलता संकट देखिँदा बैंकहरुको लागत पनि बढेको छ । यद्यपि धेरै बैंकको भने बेस रेट बढेन । एनआईशी एशिया, ग्लोबल आईएमई बैंक, मेगा बैंक लगायतका बैंकहरुको बेस रेट बढेको छ ।

हेर्नुस्, कुन बैंकको बेस रेट कति ?

सि.नं.बैंकको नामयो वर्षगत वर्ष
स्टाण्डर्ड चार्टर्ड बैंक५ं.१८६.६१
राष्ट्रिय वाणिज्य बैंक५.६३५.७४
नेपाल बैंक५.९३६.८१
नविल बैंक६.११६.६८
नेपाल इन्भेष्टमेन्ट बैंक६.७७७.३४
एभरेष्ट बैंक७.००७.०७
कृषि विकास बैंक७.१२८.५३
ग्लोबल आईएमई बैंक७.४१७.२५
सानिमा बैंक७.४५७.७३
१०एनआईशी एशिया बैंक७.४८६.५०
११नेपाल बंगलादेश बैंक७.५१९.८७
१२सिद्धार्थ बैंक७.५७८.१०
१३लक्ष्मी बैंक७.५७८.०९
१४प्रभु बैंक७.६३७.३९
१५माछापुच्छ्रे बैंक७.६३८.३१
१६हिमालयन बैंक७.७३७.१६
१७कुमारी बैंक७.८८८.४०
१८एनएमबी बैंक७.९६७.८५
१९सेञ्चुरी कमर्सियल बैंक८.०९८.६८
२०नेपाल एसबीआई बैंक८.११८.३७
२१सिटिजन बैंक इन्टरनेसनल८.११८.८१
२२नेपाल क्रेडिट एण्ड कमर्स बैंक८.१२८.६३
२३सिभिल बैंक८.२६८.८८
२४प्राइम कमर्सियल बैंक८.२७८.१२
२५सनराइज बैंक८.४०७.८०
२६बैंक अफ काठमाडौं८.५६७.७०
२७मेगा बैंक९.८१८.००
औसत७.५२९७.७९३

3635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?