जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • सेञ्चुरी बैंककोे नयां एक्सटेन्सन काउन्टर बुढानिलकण्ठमा

सेञ्चुरी बैंककोे नयां एक्सटेन्सन काउन्टर बुढानिलकण्ठमा

सेञ्चुरी कमर्सियल बैंकले बुढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्र वडा नं ११ को वडा कार्यालयमा एक्सटेन्सन् काउन्टर सञ्चालनमा ल्याएको  छ।  उक्त काउन्टरको उद्घाटन आइतबार बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ तथा वडा अध्यक्ष राजु अधिकारीले गरेका थिए ।

उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत  तुलसीराम गौतम तथा बैंकका अन्य बरिष्ठ पद्धाधिकारीको पनि उपस्थिती थियो ।

उद्घाटन पश्चात् बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३५ स्थानबाट कारोबार सञ्चालन गरिरहेको बैंकले जनाएको छ ।

11385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका