जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अजोड इन्स्योरेन्सले कोहलपुरमा कृषि तथा पशुपन्छी अभिकर्ताको तालिम सम्पन्न

अजोड इन्स्योरेन्सले कोहलपुरमा कृषि तथा पशुपन्छी अभिकर्ताको तालिम सम्पन्न

बीमा समितिको स्वीकृती बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले बाँके जिल्लाको कोहलपुर नगरपालिकामा कृषि तथा पशुपन्छी अभिकर्ताको तालिम सम्पन्न गरेको छ । साउन १४, १५ र १६ गते सम्पन्न उक्त कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेडबाट दिपक पोखरेल, प्रेम राज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रममा ३३ जना अभिकर्ताको सहभागिता भएको थियो र कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेडको कोहलपुरका शाखाका प्रमुख निर्मल कुमार छेत्री साउदले गरेका थिए । अजोड इन्स्योरेन्सलाई बीमा समितिले कृषि बीमा गर्न तोकिएको जिल्ला बाहेक बाहिरी जिल्लामा पनि अभिकर्ता तालीम संचालन गरेको हुनाले अजोड इन्स्योरेन्स आफ्नो बजार विस्तार गर्न सक्रिय छ भन्ने कुरा प्रस्ट बुज्न सकिन्छ ।

सो कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड लुम्बिनी प्रदेशको प्रादेशिक प्रमुक भगवती रेग्मी, नेपालगन्ज शाखाका प्रमुख रबिन कुमार भट्ट र कर्णाली प्रदेशका प्रादेशिक प्रमुख योगेन्द्र बहादुर कार्कीका साथै कोहलपुर शाखाका सबै कर्मचारीको उपस्थिति रहेको थियो ।

2620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका