जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • लक्ष्मी बैंक र लक्ष्मी केयर्सको सहयोग

लक्ष्मी बैंक र लक्ष्मी केयर्सको सहयोग

लक्ष्मी बैंकले काठमाडौं वसन्तपुरस्थित नव आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुको खानपानका रु २४०,००० (दुई लाख चालिस हजार) रुपैंयाको आर्थिक सहयोग गरेको छ ।

सामान्यतः आर्थिक रुपले विपन्न परिवारका करिब २०० जना विद्यार्थीहरु अध्ययनरत नव आदर्श माध्यमिक विद्यालय सरकारी सहयोगमा समुदायबाट सञ्चालित विद्यालय हो । न्युन पारिवारिक आयका कारण पोषणयुक्त आहारको कमी भई कतिपय बालबालिका कुपोषणको समेत शिकार हुन पुगेको कुरालाई मध्यनजर राख्दै बैंकले सो सहयोग प्रदान गरेको हो ।

यसका अलावा बैंकको कर्मचारीद्वारा सञ्चालित लक्ष्मी केयर्स नामक गैर सरकारी संस्थाको माध्यमबाट रु पचास हजार आर्थिक सहयोग पनि प्रदान गरियोक । साथै बैंकको न्युरोड बिजनेस सेन्टरको १२औं वार्षिकोत्सवका उपलक्ष्यमा बिजनेस सेन्टरमा कार्यरत कर्मचारीहरुबाट संकलित रु दस हजार रकम र विद्यार्थीका लागि २० थान विद्यालय पोशाक समेत सहयोगस्वरुप प्रदान गरिएको छ । एक कार्यक्रममा आर्थिक सहयोगको रकम र पोशाकहरु विद्यालय तथा विद्यार्थीलाई हस्तान्तरण गरिएको छ ।

6410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका