जोडिनुहोस
बुधबार, पुस २, २०८२
बुधबार, पुस २, २०८२
  • होमपेज
  • कुमारी बैंकद्वारा कराते खेलाडी श्रेष्ठ पुरस्कृत

कुमारी बैंकद्वारा कराते खेलाडी श्रेष्ठ पुरस्कृत

थाईल्याण्डमा सम्पन्न ओपन कराते प्रतियोगिता २०१९ मा जुनियर ४८-केजी वेट क्याटगोरीमा अन्तर्राष्ट्रिय खेल जगतमा स्वर्ण पदक जितेर कीर्तीमानी प्राप्ती गर्न सफल खेलाडी सबिना श्रेष्ठलाई कुमारी बैंकले पचास हजार पुरस्कार स्वरूप प्रदान गरेको छ।

खेलकुद मार्फत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कीर्तीमान कायम गर्न सफल उक्त खेलाडीलाई प्रोत्साहनको रूपमा सो पुरस्कार दिएको बैंकको मान्यता छ। नेपाली युवाहरुको खेल जगतमा निरन्तर, उत्साहजनक सहभागिता निश्चित गराउन सो कदमले ठूलो भूमिका खेल्ने विश्वास बैंकले लिएको छ।

आफ्ना देशव्यापी १०३ शाखा सञ्जाल, ९२ एटिएम, ३ शाखारहित इकाई तथा ३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको कुमारी बैंकले आगामी दिनहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजका विविध क्षेत्रमा अझ प्रभावकारी एवं कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

6550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका