जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • निषेधाज्ञामा थन्किएका यात्रुबाहक सवारी साधनको बीमा शुल्कमा छुट दिन समितिको निर्देशन

निषेधाज्ञामा थन्किएका यात्रुबाहक सवारी साधनको बीमा शुल्कमा छुट दिन समितिको निर्देशन

बीमा समितिले कोरोना संक्रमणका कारण सरकारले लागाएको निषेधाज्ञाको समयमा संचालनमा नआएको वा थन्किएर बसेका सर्वजानिक सवारी साधनहरूको बीमा शुल्कमा छुट दिन निर्जीवन बीमा कम्पनीहरुलाई आग्रह गरेको छ । निषेधाज्ञाको अवधिमा थन्किएका सर्वजनिक भाडाका यात्रुबाहक सवारी साधनहरुकोे बीमा पोलिसीलाई लेअप पिरियड गणना गर्दा निषेधाज्ञा सुरु भएको मितिदेखि लिने र समयावधि नेपाल सरकारबाट लकडाउन हटाइएको समयसम्म कायम गर्ने गरी बीमा शुल्कमा छुट दिन समितिले निर्देशन दिएको हो ।

त्यस्तै, चालु बीमा अवधीमा दाबी परिसकेको सवारी साधनको हकमा भने थन्किएको अवधि ( लेअप पिरियड )को लागि छुट लागू नहुने समितिले जनाएको छ ।

समितिका अनुसार,सार्वजनिक यात्रुबाहक सवारी साधनको कुल वार्षिक बीमा शुल्कको एक तिहाई रकम थन्किएको अवस्थाको जोखिमको लागि कट्टा गरी बाँकी दुई तिहाई समानुपातिक रकममा छुट पाउनेछन् । त्यसैगरी, कुल प्रिमियमको हिसाब गर्दा तेस्रो पक्ष यात्रु, कर्मचारीको बीमा लगायत जोखिम समुहको समेत हिसाब गर्नु पर्नेछ ।

सार्वजनिक यात्रु बाहक सवारी साधन बीमाको नविकरण बीमा शुल्कमा समायोजन गर्ने र अन्यत्र बीमकसँग नविकरण हुने अवस्थामा बीमितको अनुरोधमा बीमकले छुट रकमको प्रमाणपत्र उपलब्ध गराउनुपर्ने समितिले कम्पनीहरुलाई निर्देशन दिएको छ ।

5240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका