जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सगुनको ठगी धन्दा छताछुल्लः शेयर नकिन्न लगानीकर्तालाई नेपाल धितोपत्र बोर्डको आग्रह ?

सगुनको ठगी धन्दा छताछुल्लः शेयर नकिन्न लगानीकर्तालाई नेपाल धितोपत्र बोर्डको आग्रह ?

अमेरिकामा दर्ता भएर नेपालमा विगत लामो समयदेखि शेयर खरिद विक्री गर्दै सोझा साझा जनता ठगी गर्दै आएको सगुनलाई नेपालमा शेयर बिक्री गर्ने नेपाल धितोपत्र बोर्डले बन्देज लगाएको छ भन्दा पत्याउन गाह्रो होला । तर, यो सत्य हो ।
विगत लामो समयदेखि राजनीतिक पहुँच र केही ठूला मिडिया भनौदाहरुलाई हातमा लिएर मिनी आईपीओ जारी गर्दै ठगी गर्दै आएको सगुन इन्कपोरेशन कम्पनीमा लगानी नगर्न नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई आग्रह गरेको देखिन्छ ।

नेपालमा गैरधन्दा गर्दै नेपालीहरुलाई अमेरिकी कम्पनीको मालीक बनाउने झुटो प्रचार प्रसार गर्दै गैरकानुनी रुपमा मिनी शेयर खरिद बिक्री गरेका यस कम्पनीका नेपाल एजेन्टहरु बिरुद्ध पनि सम्पत्ति सुद्धिकरण विभाग र नेपाल धितोपत्र बोर्डले छानवीन समेत शुरु गरेको विभागका एक उच्च अधिकृतले पंक्तिकारको भेटमा बताए ।
नेपाल धितोपत्र बोर्डले सगुन लगायत यस्ता कम्पनीहरुले शेयरमा लगानी गर्न आग्रह गरे धितोपत्र बोर्डको ऐन अनुसार कानुनी कारवाही गर्ने बोर्ड उच्च स्रोतको दाबी छ ।
केही अनलाईन मिडियालाई चर्को मुल्यमा विज्ञापन गराई शेयर विक्री गरेको बताउँदै आएको सगुन अब अप्ठ्यारोमा परेको छ ।

नेपाल धितोपत्र बोर्डले सगुन इन्कर्पोरेशन कम्पनीमा लगानी नगर्न लगानीकर्तालाई आग्रह गरेको छ । सगुनलाई लक्षित गर्दै बोर्डले बुधबार एक सूचना जारी गरी विदेशमा दर्ता भएका सगुनजस्ता अन्य कम्पनीको सेयरमा लगानी नर्गन आग्रह गरेको हो ।

अमेरिकामा दर्ता भएको सगुनले नेपालका लगानीकर्तालाई लक्षित गरी मिनी आईपीओ जारी गरेको विभिन्न सञ्चारमाध्यममा आएसँगै बोर्डले उक्त आग्रह गरेको हो । नेपालीलाई अमेरिकी कम्पनीको मालिक बनाउने भन्दै सगुनले गरेको प्रचारप्रसार गैरकानुनी रहेको बोर्डले बताएको छ।

बोर्डको स्वीकृत बिना नेपालमा धितोपत्रको निष्काशन गर्ने काम गैरकानुनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानूनी व्यवस्थाबाट लगानीकर्ताहरुको हित संरक्षण नहुने बोर्डले जनाएको छ ।‘सगुन जस्ता अन्य कम्पनी जसले बोर्डबाट स्वीकृत प्राप्त गरेका छैनन्, त्यस्ता कम्पनीको सेयरमा लगानी नगर्न आग्रह गरिएको हो । यदि त्यस्तो गरेको पाइएमा धितोपत्र ऐन अनुसार कारबाहीको प्रकृया अघि बढाइने छ । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले आर्थिक बजारन्यूज डटकमसंग बताए ।

त्यसैले, लगानीकर्ताले कुनै कम्पनीमा लगानी गर्नु अघि त्यस कम्पनीले बोर्डबाट स्वीकृति पाएको र नपाएको हेरेर वा बुझेर मात्रै लगानी गर्न उचित हुने गिरीले दाबी गरे ।
‘धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७(१)मा संगठित संस्थाले नेपालमा धितोपत्रको निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्ने र दफा २९(१)मा संगठित संस्थाले एक पटकमा ५० जनाभन्दा बढी व्यक्तिहरुलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्रको बिक्री वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नुपर्ने’ व्यवस्था रहेको छ ।

10310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका