जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • सिन्धु विकास बैंकको १३औं साधारणसभा सम्पन्न

सिन्धु विकास बैंकको १३औं साधारणसभा सम्पन्न

सिन्धु विकास बैंकको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारण माघ २७ गते शुक्रबार होटल सारथी, धुलिखेल, काभ्रेमा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन लगायत विभिन्न प्रस्तावहरु पारित गरेको छ । साथै बैंकको संस्थापक सेयरधनिको तर्फबाट आगामी ४ वर्षको लागी संचालकहरुमा राजेन्द्र कुमार श्रेष्ठ, निभा डंगोल तथा कर्मचारी संचयकोषका तर्फबाट प्रतिनिधित्व गर्ने गरी दिनेश कुमार केसी निर्विरोध निर्वाचित भएका छन् ।

सोही दिन सम्पन्न संचालक समितिको बैठकद्धारा बैंकका अध्यक्ष पदमा आगामी ४ बर्षका लागी राजेन्द्र कुमार श्रेष्ठलाई सर्वसम्मत चयन गरेको समेत बैंकले जनाएको छ ।बैंकले आगामी दिनमा बागमती प्रदेशकै उत्कृष्ट विकास बैंकका रुपमा स्थापित गर्ने र अग्रणी विकास बैंकको रुपमा सिन्धु विकास बैंकलाई स्थापित गर्ने लक्ष्य लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले सभामा जानकारी गराएका थिए ।

सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैकिङ ईकाइबाट बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण व्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागी सम्पूर्ण शाखा कार्यालयहरु मार्फत मोवाईल बैकिङ, एससीटि डेबिट कार्ड, SMS Banking, QR Code, C-ASBA, Connect IPS, RTGS लगायत सेवाहरु प्रदान समेत गर्दै आईरहेको छ ।

1870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका