जोडिनुहोस
शनिबार, जेष्ठ २०, २०८०
शनिबार, जेष्ठ २०, २०८०
  • होमपेज
  • प्रभु बैंक दशैं विदामा पनि खुल्ने २४ शाखा (सूचिसहित)

प्रभु बैंक दशैं विदामा पनि खुल्ने २४ शाखा (सूचिसहित)

ग्राहकको सेवालाई मध्यनजर गर्दै प्रभु बैंकले विभिन्न २४ वटा शाखा दशैं विदामा पनि सञ्चालनमा ल्याउने भएको छ । बैंकले दशैं विदामा सञ्चालन हुने शाखाहरुको सूची सार्वजानिक गरेको छ ।

दशैं विदाको समयमा पनि काठमाडौं उत्पत्यका भित्र ९ वटा र उपत्यका बाहिरका १५ वटासहित शाखा कार्यालय खुल्ने बैंकले जनाएको छ ।

बैंकको अनुसार दशैंको समयमा उपत्यका भित्रका मुख्य कार्यालय बबरमहल, कमलादी, जावलाखेल, गंगबु चोक, खिचापोखरी न्यूरोड, सुर्यविनायक, कोटेश्वर भाटभटेनि, कालीमाटी र बौद्धमा रहेका शाखा कार्यालय सञ्चालनमा आउने भएका छन् ।

यस्तै उपत्यका बाहिर जनकपुर, इटहरी, नारायणगढ, दमक, धरान, सिरहा, बुटवल, भैरहवा, न्यूरोड पोखरा, नेपालगञ्ज, कलैया, विरगञ्ज, विराटनगर, बाग्लुङ र धनगढी रहेका छन् । बैंकका अनुसार असोज २१ गते दशैंको दिन भने ३६५ दिने बैंकिङ सेवा बन्द हुनेछ ।

यो अवधिमा खुलेका बैंकहरुमा निक्षेप जम्मा गर्न, दैनिक बढीमा १ लाख रुपैयाँसम्म चेक भुक्तानी गर्न र ५० हजार रुपैयाँसम्म रेमिट्यान्सको कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका