जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गरिमा विकास बैंक र आमा बहुउद्देश्यीय सहकारीबीच सम्झौता

गरिमा विकास बैंक र आमा बहुउद्देश्यीय सहकारीबीच सम्झौता

गरिमा विकास बैंक लिमिटेड र स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित आमा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबीच ‘गरिमा रेमिट’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतासँगै आमा बहुउद्देश्यीय सहकारीले ‘गरिमा रेमिट’ सञ्चालनमा ल्याएको छ । गत शुक्रबार गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र आमा बहुउद्देश्यीय सहकारीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात अब आमा बहुउद्देश्यीय सहकारीबाट ‘गरिमा रेमिट’ मार्फत रकम पठाउन र भुक्तानी गर्न सकिनेछ ।

बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र नौवटा शाखासहित देश भर ८७ शाखा र ४३ वटा एटीएम संचालनमा छनु । बैंकले २०७६ आश्विन १० गतेसम्म रु।३३ अर्ब ४६ करोड निक्षेप संकलन गरी रु। ३० अर्ब कर्जा लगानी गरेको छ ।

11610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका