जीवन बीमा
३७ करोड दुरुपयोग समाचारमा नेपाल लाइफको खण्डन, ’भट्ट र ब्रोकर ५५ कारोबार भएको छैन’

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही सञ्चार माध्यममा प्रकाशित ३७ करोड रुपैयाँ दुरुपयोग सम्बन्धी समाचारको कडा खण्डन गरेको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै उक्त समाचारहरू भ्रामक र सत्यहीन रहेको स्पष्ट पारेको छ ।
केही दिनदेखि विभिन्न सञ्चार माध्यममा हिमालयन रिइन्स्योरेन्स कम्पनीका आधारभूत शेयरधनी दिपक भट्टले नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीबाट ३७ करोड रुपैयाँ दुरुपयोग गरी नेपाल रिइन्स्योरेन्सको शेयर खरिद गरेको भन्ने समाचार प्रकाशित भएका थिए । ती समाचारहरूमा भट्टले धितोपत्र दलाल नं. ५५ (भृकुटी स्टक ब्रोकर कम्पनी) मार्फत उक्त रकम भुक्तानी गरेको दाबी गरिएको थियो ।
उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाल लाइफले विज्ञप्तिमा भनेको छ, “यस कम्पनीको उल्लेख गरिए अनुरुप दिपक भट्ट वा धितोपत्र दलाल नं. ५५ सँग यस विषयमा कुनै संलग्नता नभएको र कारोबार समेत नगरेको सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गर्दछौं ।“
कम्पनीले आफू सधैं प्रचलित कानुन, नियामक निकायका मापदण्ड र संस्थागत सुशासनका सिद्धान्तहरूको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गरिरहेको दाबी गरेको छ । आफ्ना सम्पूर्ण सरोकारवालाहरूलाई भ्रममा नपर्न आग्रह गर्दै कम्पनीले व्यावसायिक मर्यादा विपरितका समाचारले संस्थाको छविमा आँच पुरÞ्याउन खोजेको संकेत गरेको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































