जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काठमाडौं महानगरभित्रका होटलहरूका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याइने

काठमाडौं महानगरभित्रका होटलहरूका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याइने

काठमाडौं महानगरपालिकाले नगरभित्रका होटलहरूका शौचालयहरूलाई पनि सार्वजनिक शौचालयको रुपमा प्रयोग गराउने अवधारणा ल्याएको छ । मेयर बालेन शाहले महानगरपालिका भित्र छुट्टै सार्वजनिक शौचालय निर्माण गरेर मात्र आवश्यकताको पूर्ति हुने नदेखिएको भन्दै होटलहरुको प्रयोग गर्ने नीति लिइएको बताए ।

यसका लागि पहिलो चरणमा केही होटल तथा रेष्टुरेन्टहरुसँग आफ्नो कुरा भइसकेको र थप होटलहरूसँग पनि यसका लागि प्रस्ताव गर्ने उनले बताए । होटलको शौचालय प्रयोग गरेबापत सर्वसाधारणले पैसा तिर्नु नपर्ने समेत मेयर शाहले बताए । 

सार्वजनिक शौचालयका लागि सहमति दिने होटललाई महानगरले स्टिकर प्रदान गर्ने र सोका आधारमा सर्वसाधारणले शौचालय प्रयोग गर्न पाउने उनले बताए । निर्वाचन भएपछि आफ्नो घोषणा बमोजिम पहिलो नगरसभाको बैठक लाइभ गरेका मेयर शाहले महानगरको फोहोर व्यवस्थापन, खानेपानी, ढल निकासी लगायत अन्य सरोकार पक्षमा महानगरले तत्काल एक्सन लिने बताए ।

3245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?