जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नीजि क्षेत्रलाई गर्भनरको प्रश्न, ‘के बजारको ब्याजदर राष्ट्र बैंकले तोक्नुपर्ने हो?’

नीजि क्षेत्रलाई गर्भनरको प्रश्न, ‘के बजारको ब्याजदर राष्ट्र बैंकले तोक्नुपर्ने हो?’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्याजदर नियन्त्रण गर्ने वा बजारलाई छोड्ने विषयमा गम्भीर बहस गर्नुपर्ने बताएका छन्।

ब्यवसायीहरुले ब्याजदर वृद्धिको कुरा तिब्र रुपमा उठाउँदै आइरहेको बेला गर्भनरले यस बारे गम्भीर बहस हुनु पर्ने बताएका हुन् । ‘के नेपाल राष्ट्र बैंकले व्याजदर तोक्नुपर्ने भनेको हो?’ उनले प्रश्न गरे, ‘यहाँको माग तथा सुझाव यहि हो? यदि हो भने यसमा गम्भिर छलफल गर्नुपर्ने हुन्छ।’

उनले ब्याजदरको नियन्त्रण गर्ने वा बजारलाई छोड्ने भन्ने विषय सामान्य नभएको समेत बताए। ‘यसमा पनि बहस गर्नुजरुरी छ। गाँजा जस्तो सानो कुरामा बहस गरिहेका छैनौं’ उनले भने, ‘हामी समग्र अर्थतन्त्रको विषयमा गम्भीर कुरा गरिरहेका छौं।’

3930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका