जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • एनएमबी बैंकले प्रस्ताव गर्यो ३५ प्रतिशत लाभांस, बोनस कति ?

एनएमबी बैंकले प्रस्ताव गर्यो ३५ प्रतिशत लाभांस, बोनस कति ?

एनएमबी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई बितरण गर्ने प्रतिफल प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको आइतबार साँझ बसेको बैठकले ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको र सोमबार यसको जानकारी नेप्सेमार्फत सार्वजनिक हुने बैंकका एक अधिकारीले नोटबजारलाई बताए ।

ती अधिकारीका अनुसार बैंक सञ्चालक समितिले २१ प्रतिशत बोनस शेयर तथा १४ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको छ । उल्लेखित नगद लाभांसमा कर समेत समावेश गरिएको छ ।

ओमलाई एनएमबीमा विलय भए पछि कायम चुक्ता पूँजी ११ अर्ब ५३ करोड रुपैंयाको २१ प्रतिशत बोनस तथा १४ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरिएको हो । उल्लेखित लाभांस बितरण पश्चात बैंकको चुक्ता पूँजी १३ अर्ब ९५ करोड रुपैंया नजिक पुग्नेछ ।

बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा यस पटक ४ प्रतिशत बोनस तथा १ प्रतिशत नगद लाभांस गरी ५ प्रतिशत लाभांस बढाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांस बितरण गरेको थियो

8230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?