जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • गरिमा विकास बैंक र शुभलक्ष्मी फर्मा एण्ड क्लिनीकबीच सम्झौता

गरिमा विकास बैंक र शुभलक्ष्मी फर्मा एण्ड क्लिनीकबीच सम्झौता

गरिमा विकास बैंकले गुल्मी हस्पिटल लाईन अवस्थित शुभलक्ष्मी फर्मा एण्ड क्लिनीक – नेशनल प्याथ ल्याब रिसर्च सेन्टरले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा आर्कषक छुट सम्बन्धि सम्झौता गरेको छ ।
सम्झौता अनुरुप, शुभलक्ष्मी फर्मा एण्ड क्लिनीक – नेशनल प्याथ ल्याब रिसर्च सेन्टरले यस विकास बैंकका कर्मचारी र ग्राहाकहरु लाई स्वास्थ्य सेवा तथा सुविधा प्रदान गर्नु र दुई संस्थाबीच आपसी द्धिपक्षीय सहयोग प्रवद्र्धन गर्नु मुख्य उद्देश्य हो ।

साथै गरिमा विकास बैंक लिमिटेडका कर्मचारीको हकमा आइ. डी. कार्ड, चेक बुक, क्रेडिट कार्ड र एटिम कार्ड मध्ये कुनै एक तथा ग्राहक वर्गको हकमा बैंकको मोवाइल बैंकिङ, चेक बुक , डेबिट कार्ड, क्रेडिट कार्ड, विशेषाधिकार कार्ड धारकहरु को आधारमा सुलभ मूल्य तथा सरल तरिकाबाट स्वास्थ्य सेवा तथा सुविधा प्रदान गर्न मिति २०७९-१२-०१ देखि लागु हुने गरी सहमती भएको छ ।

बैंकका कार्यरत कर्मचारी र सम्पूर्ण ग्राहक वर्गलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदा औषधि उपचार, सेवा तथा जाँचहरुमा देहायबमोजिमको छुटको व्यवस्था गरिने छ ।

साथै, अन्य स्वास्थ्य सेवाहरुमा पनि आर्कषक छुटको व्यवस्था गरेकोे छ । सहमतीमा गरिमा विकास र्बैकको तर्फबाट शाखा प्रमुख कृष्ण प्रसाद रेग्मी र शुभलक्ष्मी फर्मा एण्ड क्लिनिक नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरको तर्फबाट व्यवस्थापकीय प्रबन्धक होम बहादुर पल्ली थापाले गरेका छन् ।

हाल, यस विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय एवं ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरीय बैंकिङ्ग सेवा दिँदै आइरहेको छ ।

1125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?