जोडिनुहोस
आइतवार, असार २८, २०८३
आइतवार, असार २८, २०८३
  • होमपेज
  • गरिमा समृद्धि योजनाको इकाइ बाँडफाँड सम्पन्न

गरिमा समृद्धि योजनाको इकाइ बाँडफाँड सम्पन्न

गरिमा क्यापिटल लिमिटेडको योजना व्यवस्थापन र गरिमा विकास बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको “गरिमा समृद्धि योजना” को इकाइ बाँडफाँड सम्पन्न भएको छ। पुस ७ देखि ११ गतेसम्म सार्वजनिक निष्कासन गरिएको उक्त योजनामा कुल १० करोड इकाई जारी गरिएको थियो।

निष्कासन अवधिमा ९४,६८१ जना आवेदकहरूले १२,१८,७८,५१० इकाईका लागि आवेदन दिएका थिए, जसको परिणामस्वरूप अधिक आवेदन प्राप्त भएपछि योजनाको आकारलाई २५ प्रतिशत बढाएर १२.५ करोड इकाई कायम गरिएको छ। यस योजना अन्तर्गत रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई निर्धारित निर्देशिका एनआइएमबि एस क्यापिटल लिमिटेडले इकाइ बाँडफाँड गरेको हो ।

अब उक्त योजनाको कुल आकार रु. १.२५ अर्ब (१२.५ करोड इकाई) कायम गरिएको छ ।

1700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्