जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • ‘स्मार्ट मनी टक्स’ नारासहित कृषि विकास बैंकको वित्तीय सचेतना अभियान

‘स्मार्ट मनी टक्स’ नारासहित कृषि विकास बैंकको वित्तीय सचेतना अभियान

कृषि विकास बैंक लिमिटेडले ‘ग्लोबल मनी विक अभियान २०२६’ अन्तर्गत देशभर १५०० भन्दा बढी विद्यार्थी तथा महिला कृषि व्यवसायीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । मार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियानमार्फत सातै प्रदेशका सहभागीहरूलाई वित्तीय ज्ञान तथा व्यवहारिक सीप अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

विश्वभर हरेक वर्ष मनाइने ग्लोबल मनी विक यस वर्ष ‘स्मार्ट मनी टक्स’ नारासहित मनाइएको थियो । अभियानअन्तर्गत बैंकले बचत गर्ने बानीको विकास, कर्जा लगानी र त्यसको सदुपयोग, डिजिटल बैंकिङ सेवा, वित्तीय ठगीबाट बच्ने उपायलगायत विषयमा विद्यार्थी तथा युवाहरूलाई सचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

बैंकका विभिन्न शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको जनाउँदै अभियानलाई अझ प्रभावकारी बनाउन वित्तीय साक्षरतासम्बन्धी सामग्री उत्पादन तथा प्रकाशन–प्रसारणसमेत गर्दै आएको बैंकले उल्लेख गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित बैंकले सामाजिक उद्यमशीलता, विकास, रोजगारी सिर्जना तथा दिगो विकासमा योगदान पुर्याउने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका