जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०

समाचार

ट्वाँ परे कम्युनिस्टहरू

ट्वाँ परे कम्युनिस्टहरू

नेपाली कांग्रेसका युवा नेताहरूले व्यक्ति हत्याको अभियोगमा पक्राउ परेका आफ्नो पार्टीका सांसद मोहम्मद अफताब आलामलाई दोषी भए छानविन गरेर कारबाही गर्न सुझाव दिएका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, युवा नेताहरू गगन थापा, धनराज गुरुङ, रामहरि खतिवडालगायतले आलमका विषयमा सत्यतथ्य छानविन गरेर दोषी भए कारबाही र निर्दोष भए छाड्नुपर्ने बताएका हुन् ।

१४ व्यक्तिको हत्या गरेको आरोप लागेका रौतहट क्षेत्र नं. २ का सांसद मोहम्मद आफताब आलमको घटनाको छानबिन गरी दोषीलाई कानूनअनुुसार कारबाही हुनुपर्ने उनीहरूको माग छ ।

प्रवक्ता शर्माले अनुसन्धानबाट निर्दोष या दोषी ठहर हुने कानूनी प्रक्रियालाई सबैले सघाउनुपर्ने बताएका छन् ।

आलमलाई प्रहरीले पक्राउ गरेपछि उनको सांसदको हैसियत गुमेको छ । आलमले सांसदको हैसियतमा कुनै पनि अधिकार प्रयोग गर्न पाउने छैनन् ।

आलम आइतबर आफ्नै निवासबाट पक्राउ परेपछि रौतहटमा आइतबार र सोमबार नेपाली कांग्रेसका कार्यकर्ताले प्रदर्शन पनि गरेका थिए ।

सोमबार बेलुकी ट्वीट गर्दै शर्माले भनेका छन्, ‘निर्दोष कहिले पनि दण्डित हुनुहुन्न, दोषी कहिले पनि उन्मुक्ति पाउनुहुन्न ।’

‘आलम पक्राउ प्रकरणमा पनि सत्य यही हो’, शर्माले भनेका छन्, ‘कांग्रेसको यो केन्द्रीय धारणा मंगलबारबाट रौतहट कांग्रेसले पनि अनिवार्य बोक्नेछ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले पनि दोषी ठहरिए कारबाही हुनुपर्ने बताएका छन् ।

थापाले कानून अनुसार छानबिन गर्नुपर्ने बताएका छन् । ‘पात्र र परिस्थिति हेरेर धारणा बन्दैन र बदलिँदैन’, उनले भनेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले पनि राजनीतिक रंग दिएर अपराधलाई बिकृतिको थलो बनाउन नहुने बताएका छन् ।

‘हत्या, बलत्कार, भ्रष्टाचार लगायतका अपराधलाई राजनीतिको पछ्यौरीले छोपेर सिंगो राजनीतिलाई बिकृतिको थलो बनाइरहेका छौं’, उनले भनेका छन्, ‘जतिसुकै उच्च ओहोदाको भए पनि निष्पक्ष छानविनको लागि अपराधको आरोपी कानूनको कठघरामा उभिनै पर्छ । लोकतन्त्र भनेकै विधिको शासन हो ।’

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कानूनको नजरमा कोही पनि ठूलो वा सानो नरहेको बताएका छन् ।

‘निर्दोष फस्ने र दोषी उम्कने काम रौतहटमा मात्र होइन देशमा कतै नहोस्’, खतिवडाले भनेका छन्, ‘कानूनको नजरमा सबै बराबरी हुन् । पार्टी र जातिमा कानूनको फरक नजर हुन्न । हाम्रो लडाइँ अहिले यही मान्यताका लागि हो ।’

आलमलाई २०६४ सालको चुनावका बेला १४ जनाको हत्या गरेको आरोप छ ।

रौहतहटबाट निर्वाचित नेपाली कांग्रेसका सांसद आलम पक्राउ परेको र बचाउन रौतहटमा प्रदर्शन भएको विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले सामाजिक सञ्जाल तताइ रहेका बेला चार जना युवा नेताहरूले एक साथबाट जवाफ दिएका हुन् ।

नेपाली कांग्रेसका युवा नेताहरूले नेकपाका नेताहरूलाई जवाफ दिँदै भ्रष्टाचार र अराजकताको प्रश्न उनीहरूमाथि नै उठाएका छन् ।

आरोपित आलमलाई बचाउन खोजेको भनेर नेकपाका नेताहरूले राजनीतिक रंग दिएर नेपाली कांग्रेसको बदनाम गर्न खोजेपछि नेकपाकै नेताहरू नाङ्गिएका छन् । कांग्रेसले नै घटनाको सत्यतथ्य छानविनको माग गरेको छ

8545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका