जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • ज्योति विकास बैङ्क छाड्दै पारस कँडेल, बुझाए राजीनामा

ज्योति विकास बैङ्क छाड्दै पारस कँडेल, बुझाए राजीनामा

ज्योति विकास बैङ्कका डेपुटी सिइओ पारस राज कँडेलले राजीनामा दिएका छन् ।

ज्योति विकासमा नयाँ सिइओ कपिल ढकाल आएपछि उनले राजीनामा दिएका हुन् । उनले आगामी माघ १ गतेदेखि लागू हुने राजीनामा दिएका हुन् ।

उनले यसअघि पनि बैङ्कको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि पुरा गरेका थिए । कँडेल तत्कालीन हाम्रो विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृत समेत थिए । हाम्रो विकास बैङ्क ज्योतिसँग मर्ज भएको थियो । हाम्रो विकास बैङ्क नियुक्त हुनुअघि कँडेल सिभिल बैङ्कमा थिए ।

ज्योति विकास बैंकको सीईओ श्रीचन्द्र भट्टले कार्यकाल पुरा नहुँदै बैंक छाडेपछि कणेल पनि छाड्ने मुडमा थिए । बैंककले मङ्सिर २९ गते कपिल ढकाललाई सीईओ नियुक्त गरेपछि कणेल बाहिरिएका हुन् ।

करिब १५ वर्ष लामो बैंकिङ्ग अनुभव रहेका कँडेल चार्टर्ड एकाउन्टेट हुन् । उनले भारतको इन्स्टिच्युट चार्टर्ड एकाउन्टबाट सिए गरेका छन् ।

740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका