जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बेटिङ’ र ‘ग्याम्ब्लिङ’ नगर्न राष्ट्र बैंकको आग्रह

बेटिङ’ र ‘ग्याम्ब्लिङ’ नगर्न राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले अनलाइन जुवा तथा बाजी लगायतका गैरकानूनी कार्यमा संलग्न नहुन आग्रह गरेको छ । राष्ट्र बैंकले अनलाइन बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, डिजिटल वालेट जस्ता विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा तथा बाजी (Betting and Gambling) लगायतका गैरकानूनी कार्यहरुमा संलग्न नहुन आग्रह गरेको हो ।

जुवा तथा बाजीजन्य (Betting and Gambling) कार्यहरु गैरकानूनी रहेको भन्दै राष्ट्र बैंकले यस्तो प्रकृतिको कारोबार कोही कसैबाट पनि नगर्न/नगराउनु राष्ट्र बैंकले सूचित गरेको हो। विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा बाजी (Betting and Gambling ) लगायतका कार्यमा कोही संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति / समुह / संस्थालाई कानूनी कारबाही हुने तथा निजहरुको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारहरु रोक्का गरिने चेतावनी राष्ट्र बैंकले दिएको छ ।

राष्ट्र बैंकबाट इजाजत / अनुमतिपत्र प्राप्त संस्थाहरुले जुवा तथा बाजी (Betting and Gambling ) लगायतका कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ्ग, मोवाइल वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ।

कसैले विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा बाजी (Betting and Gambling ) लगायतका कार्यमा भुक्तानी गरे / गराएको भन्ने जानकारी प्राप्त भएमा विभागको फोन नंबर: ०१-४४४३८७८ वा इमेल ठेगाना [email protected] मा जानकारी गराइदिन समेत राष्ट्र बैंकले अनुरोध गरेको छ ।

1590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका