जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सानिमा र बैंक अफ काठमाण्डूको वार्षिक प्रतिवेदन: शोभनदेव पन्त र भुवन दहालले कति बुझे तलब?

सानिमा र बैंक अफ काठमाण्डूको वार्षिक प्रतिवेदन: शोभनदेव पन्त र भुवन दहालले कति बुझे तलब?

दुई बैंकका प्रमुख कार्यकारीहरुले वार्षिक प्रतिवेदनमार्फत आफ्नो तलब सुविधा सार्वजनिक गरेका छन्।

बैंक अफ काठमाण्डू र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतको तलब सुविधा सार्वजनिक गरिएको हो। अन्य बैंकहरुले पनि साधारणसभा घोषणा गरिरहेका छन्। उनीहरुको वार्षिक प्रतिवेदन भने सार्वजनिक भएको छैन।

बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले एक वर्षमा २ करोड ८१ लाख रुपैयाँ पारिश्रमिक र सुविधाहरु बुझेका छन्। यसभित्र सञ्चयकोष, औषधोपचार, सवारी साधन सुविधा, मोबाइल फोनको भुक्तानी सुविधान तथा नाफाबाट पाइने बोनस पनि पर्छ। अघिल्लो वर्ष उनले कुल दुई करोड ३२ लाख ८५ हजार ४९५ रुपैयाँ तलब सुविधा बुझेका थिए।

यद्यपि उनले यो सबै पैसा भने घर लैजान पाउँदैनन्। सरकारलाई ३६ प्रतिशतसम्म कर बुझाउनु पर्छ। उनको नेतृत्वको बैंकले गत आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत लाभांश बाँड्ने निर्णय गरेको छ। बैंकले १३ प्रतिशत बोनस सेयर र बाँकी ३ प्रतिशत नगद लाभांश बाँड्ने छ। केही दिनमा बैंकले वार्षिक साधारणसभा गर्दैछ।

बैंकको कुल कर्मचारी खर्च एक अर्ब ११ करोड १८ लाख रुपैयाँ छ। यसबाहेक कार्यालय सञ्चालन खर्च ६६ करोड ९५ लाख रुपैयाँ छ। बैंकले गत आर्थिक वर्ष एक अर्ब ४६ करोड रुपैयाँ खुद नाफा गरेको थियो।

यता सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले तलब, भत्ता र अन्य सुविधाहरु गरेर एक करोड ४६ लाख रुपैयाँ बुझेका छन्। यसमा बोनस ऐन अनुसार प्रदान गरिने बोनस उल्लेख छैन।

अघिल्लो वर्ष भने दहालले कुल २ करोड ८ लाख ३९ हजार रुपैयाँ बुझेका थिए। बैंकका प्रमुख ब्यवस्थापकहरुले वर्षदिनमा ३ करोड ८२ लाख रुपैयाँ बुझेका छन्। यसमा पनि बोनस जोडिएको छैन। पोहोर भने बोनससहित ५ करोड २९ लाख ३५ हजार रुपैयाँ बुझेका थिए।

बैंकले वार्षिक प्रतिवेदनमा बोनस के-कति बुझे भनेर खुलाएको छैन। बैंकले आफ्ना सेयरधनीलाई गत वर्षको नाफाबाट १३.६ प्रतिशत लाभांश वितरण गरेको छ। बैंकले १० प्रतिशत बोनस सेयर र ३.६ प्रतिशत नगद लाभांश वितरण गरेको हो। पोहोर लाभांश २१.०५ प्रतिशत थियो। यसपाली कोभिडले गर्दा नाफा प्रभावित भएको छ भने लाभांश वितरणमा पनि अंकुश लगाइएको छ। बैंकले गत वर्ष एक खर्ब ७६ करोड ७० लाख रुपैयाँ नाफा गरेको थियो।

बैंकका अनुसार, गत आर्थिक वर्षको ब्यवस्थापन खर्च एक खर्ब ९६ करोड रुपैयाँमध्ये कर्मचारी तलब, भत्ता तथा अन्य सुविधा (यसभित्र बोनस पनि पर्छ) मा एक अर्ब २३ करोड ४६ लाख रुपैयाँ खर्च भएको छ। र अन्य सञ्चालन खर्चतर्फ ७२ करोड ८२ लाख रुपैयाँ खर्च भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

3555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका