जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पीडितको चरित्र हत्या आरोपमा २ युट्युबर पक्राउ

पीडितको चरित्र हत्या आरोपमा २ युट्युबर पक्राउ

युट्युब च्यानलमा गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई प्रभावित पार्ने गरी पीडितको चरित्रहत्या गर्ने भिडियो प्रसारण गरेको आरोपमा प्रहरीले दुई जना युट्युबरलाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्युरोको टोलीले मिडिया नेपाल नामक युट्युब च्यानलका सञ्चालक नागार्जुन नगरपालिका-८ भीमढुंगाका ५३ वर्षीय हरि उदासी भन्‍ने हरि परियार र विशाल नेपाल युट्युब च्यानलका राइनास नगरपालिका ३ घर भइ तारकेश्वर नगरपालिका- ४ शेषमती बस्‍ने २७ वर्षीय निशासन चिलवाललाई बुधबार पक्राउ गरेको हो ।

उनीहरुले ती युट्युब च्यानलमार्फत पीडितको मानमर्दन र चरित्रहत्या हुने गरी सामग्री प्रसारण गरेको उजुरी परेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले बताए ।

पक्राउ परेका दुई जनामाथि जिल्ला अदालत काठमाडौंबाट ७/७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको ब्युरोले जनाएको छ ।

3575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?