जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • वाणिज्य भन्दा विकास बैंकमा निक्षेपको तुलनामा कर्जा खाता दोब्बर

वाणिज्य भन्दा विकास बैंकमा निक्षेपको तुलनामा कर्जा खाता दोब्बर

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनेको संख्या करिब साढे १४ लाख पुगेको छ । नेपाल राष्ट्र बैंकको २०७६ भदौ मसान्त सम्मको तथ्याङक अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिनेको संख्या १४ लाख ३९ हजार ६ सय ४८ पुगेको छ ।

एक वर्षको अवधिमा नै बैंकबाट कर्जा लिनेको संख्या १ लाख ३९ हजार भन्दा बढीले बढेको नेपाल राष्ट्र बैंकको तथ्याङकले देखाउँछ । गत आर्थिक वर्षको भदौ मसान्तमा बैंकबाट कर्जा लिनेको संख्या १ लाख १ हजार रहेको थियो । बैंकहरुको कर्जा खाता मध्ये सबैभन्दा धेरै वाणिज्य बैंकको १० लाख ४७ हजार ५०० भन्दा माथि रहेको छ । त्यस्तै विकास बैंकको त्यस्तै विकास बैंकको ३ लाख ४९ हजार १ सय र फाइनान्स कम्पनीमा करिब ४३ हजार कर्जा खाता रहेको छ ।

२ करोड २९ लाख भन्दा बढी निक्षेप खाता रहेको वाणिज्य बैंकहरुले करिब साढे १० लाखलाई मात्रै कर्जा प्रभाव गर्दा करिब ४३ लाख निक्षेप खाता रहेको विकास बैंकहरुले भने करिब साढे ३ लाखलाई कर्जा प्रवाह गरेको दखिन्छ । बैंकहरुले गरेको कुल कर्जा र कर्जा खातालाई हेर्ने हो भने प्रतिव्यक्ति औषत २० लाख ६७ हजार भन्दा माथि कर्जा प्रवाह भएको देखिन्छ । भदौ मसान्त सम्ममा बैंकहरुले २९ खर्ब ७६ अर्ब ७४ करोड कर्जा प्रवाह भएको छ ।

विकास बैंकहरुले करिब १३ वटा निक्षेप खाता बराबर एउटा कर्जा खाता रहेको छ । तर वाणिज्य बैंकहरुले भने करिब २२ जनाबाट निक्षेप संकलन गर्दा १ जनालाई कर्जा प्रवाह गरेको तथ्याङकले देखाउँछ । फाइनान्स कम्पनीमा पनि १३ जना बाट निक्षेप संकलन गर्दा एक जनालाई कर्जा प्रवाह गरेका छन् । समग्र बैंकिङ क्षेत्रमा भने १९.३५ जनाबाट निक्षेप संकलन गर्दा एक जनालाई कर्जा प्रवाह भएको छ । वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा औषतमा २४ लाख ४४ हजारको करिबमा रहेको छ । यता विकास बैंकहरुको भने सानो कर्जाको संख्या बढी रहेको तथ्याङकले देखाउँछ ।

नेपाल राष्ट्र बैंकले १० लाख भन्दा सानो (एसएमई) कर्जामा आधार ब्याजदरमा दुई प्रतिशत भन्दा माथि प्रिमियम थप गर्न नपाइने र कुनै प्रकारको सेवा शुल्क लिन नपाउने ब्यबस्था गरेको छ । निर्वाहमुखि अर्थतन्त्र रहेको मुलुकमा घरेलु तथा साना उद्योगलाई प्रवद्धन नगर्ने हो भने सरकारको लक्ष्य पुरा हुन नसक्ने भन्दै राष्ट्र बैंकले यस्तो ब्यबस्था गरेको हो ।

तर विकास बैंकको ३० प्रतिशत कर्जा यस्तै प्रकृतिको रहेको सिइओहरु बताउँछन् । विकास बैंकहरुले प्रवाह गरेको कर्जा औषत ९ लाख ९५ हजार रहेको तथ्याङकले देखाउँछ । यस्तै फाइनान्स कम्पनीले लगानी गरेको कर्जा औषतमा करिब १६ लाख १९ हजारको रहेको छ ।

6155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?