जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • पुँजी बजार संघर्ष समिति र धितोपत्र बोर्ड बीच सम्झौता, दसौँ दिनमा कोइरालाले तोडे अनसन

पुँजी बजार संघर्ष समिति र धितोपत्र बोर्ड बीच सम्झौता, दसौँ दिनमा कोइरालाले तोडे अनसन

पुँजी बजार विस्तार तथा सुधारका लागि गठित संघर्ष समिति र धितोपत्र बोर्डबीच शुक्रबार सम्झौता भएको छ। यो सँगै सेयर बजार सुधारको माग राख्दै असार १ गतेदेखि आमरण अनसन बसेका तिलक कोइरालाले अनशन तोडेका छन्।

संघर्ष समिति र धितोपत्र बोर्ड बीच १९ बुदे सहमतिपत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा धितोपत्र बोर्डका तर्फबाट अध्यक्ष रमेशकुमार हमाल र समितिकातर्फबाट अनशनकारी कोइरालाले हस्ताक्षर गरेका हुन्। सम्झौता कार्यान्वयनका लागि बोर्ड र संघर्ष समितिका तर्फबाट संयुक्त समिति बनाइएको छ।

समितिमा बोर्डका तर्फबाट कामु कार्यकारी निर्देशक विनयदेव आचार्य र मुक्तिनाथ श्रेष्ठ छन् भने संघर्ष समितिका तर्फबाट रोहन कार्की र एसपी चौलागाईँ छन्।

सेयर लगानीकर्ताले पुँजी बजार सुधारका लागि भन्दै राखेका मागहरु सम्बोधन गर्न मंगलबार बेलुका धितोपत्र बोर्डमा पत्रकार सम्मेलन पनि आयोजना गरिएको थियो। तर आफ्ना मागहरु प्रति धितोपत्र बोर्डले तदारुकता नदिएको कारण देखाउंदै संघर्ष समितिले अनसन जारी नै राखेको थियो।

2385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका