जोडिनुहोस
मङ्लबार, असार ११, २०८१
मङ्लबार, असार ११, २०८१
  • होमपेज
  • नक्कली नोटको बिगबिगीः कलंकीबाट ५ सय १५ थानसहित महिला पक्राउ

नक्कली नोटको बिगबिगीः कलंकीबाट ५ सय १५ थानसहित महिला पक्राउ

ठूलो परिमाणमा नक्कली नोटसहित काठमाडौंबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कलंकीमा चियापसल सञ्चालन गर्दै आएकी तारादेवी डंगोललाई पक्राउ गरिएको हो । नेपाली एक हजार दरका ५१५ थान नक्कली नोटसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । प्रहरीले उनको पसल तलासी गर्दा उक्त नक्कली नोट फेलापरेको थियो । त्यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका