जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एनआईसी एशिया लघुवित्तको आईपीओ बाँडफाँड

एनआईसी एशिया लघुवित्तको आईपीओ बाँडफाँड

एनआईसी एशिया लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । लघुवित्तको आईपीओमा आवेदन गर्ने सबै आवेदकले न्यूनतम १० कित्ता सेयर पाएका छन् भने भाग्यमानी ४६ हजार ५ सय ७९ लगानीकर्ताले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाएका छन् ।

लघुवित्तले असार १० गतेदेखि १४ गतेसम्म ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्री गरेको थियो । लघुवित्तले निष्काशन गरेको आईपीओमा ४ लाख १४ हजार १ सय ८० लगानीकर्ताबाट २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो ।

सोमध्ये ३ लाख ९७ हजार ७ सय ४१ वटा योग्य आवेदन परेको सेयर पाएको सानिमा क्यापिटलले जनाएको छ । लघुवित्तको आईपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो ।

7935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका