जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ५ हजार बढीले पाए सर्वोत्तम सिमेन्टको ५० कित्ता सेयर

५ हजार बढीले पाए सर्वोत्तम सिमेन्टको ५० कित्ता सेयर

सर्वोत्तम सिमेन्ट कम्पनीको आईपीओ बाँडफाँट भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको सेयर बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार रितपूर्वक प्राप्त भएका ३३ हजार ८१० वटा आवेदनहरुबाट प्राप्त जम्मा रकम ७७ करोड १७ लाख ८४ हजार रुपैयाँ बराबरको २१ लाख ३८ हजार ५०० कित्ता सेयर बाँडफाँटमा समावेश गरिएको थियो । जसमा बुक विल्डिङ निर्देशिकाअनुसार प्रतिआवेदकलाई न्यूनतम ५० कित्ताको दरले गोला प्रथा विधिद्वारा २ लाख ६७ हजार कित्ता सेयर ५ हजार ३४० जना आवेदकलाई सेयर बाँडफाँट गरिएको क्यापिटलले जानकारी गराएको छ ।

कम्पनीले पुस २५ गते देखि माघ १० गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख ६७ हजार कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले प्रतिसेयर ३६० रुपैयाँ ९० पैसामा निष्काशन गरेको थियो ।

सेयर बाँडफाँटको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट, मेरोसेयर र सिडीएसले आईपीओ नतिजाको लागि सञ्चालन गरेको वेबसाइटबाट हेर्न सकिनेछ ।

2925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?