जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नबिल बैंकले १२ % बोनस शेयर र २२ प्रतिशत नगद लाभांस दिने

नबिल बैंकले १२ % बोनस शेयर र २२ प्रतिशत नगद लाभांस दिने

दोस्रो बजारमा सूचिकृत बाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा आर्जन गरेको नबिल बैंकले ३४ प्रतिशत लाभांस घोषणा गरेको छ। आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो।

आइतबार घोषणा भएको लाभांस आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन्। बैंकले गत आर्थिक वर्षकै लाभांस दरलाई निरन्तरता दिएको हो। बैंकको हालको चुक्ता पूँजी ९ अर्ब एक करोड रुपैयाँ छ। १२ प्रतिशत अर्थात एक अर्ब ८ करोड रुपैयाँ बोनस शेयरपछि बैंकको चुक्ता पूँजी १० अर्ब रुपैयाँ कायम हुनेछ।

बैंकले पूँजी सँगसँगै नगद लाभांसलाई पनि जोड दिँदै आएको छ। नेपाल राष्ट्र बैंकले पूँजी बृद्धि योजना ल्याउँदा पनि बैंकले बोनस शेयरबाटै पुरा गर्न सफल भएको थियो। हरेक वर्ष बोनस शेयर दिएर बैंकले पूँजी कोष व्यावस्थापन गर्दै आएको छ।

गत वर्ष बैंकले चार अर्ब २९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। जसमा लाभांस बाड्न योग्य नाफा भने तीन अर्ब १८ करोड रुपैयाँ मात्रै हुन आउँछ। बैंकले लाभांस बाड्नयोग्य रकम भित्रैबाट जम्मा तीन अर्ब ६ करोड रुपैयाँ लाभांस दिएको हो।

यति हुँदा पनि बैंकको जगेडा कोष थप बलियो हुने देखिन्छ। गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार बैंकको जगेडा कोषमा ९ अर्ब ३३ करोड रुपैयाँ देखिन्छ। दोस्रो बजारमा सूचिकृत बाणिज्य बैंकहरु मध्ये नविल बैंकको शेयर मूल्य सबैभन्दा धेरै छ। मूल्य अनुसार लाभांस दर पनि राम्रो रहेको छ।

बैंकले विगतका वर्षमा वितरण गरेको लाभांस

आर्थिक वर्ष बोनस शेयर नगद लाभांस जम्मा लाभांस
2075/2076

12

22

34

2074/2075

12

22

34

2073/2074

30

18

48

2072/2073

30

15

45

2071/2072

30

6.842

36.842

2070/2071

20

45

65

2069/2070

25

40

65

 

7175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?