जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • नेकपाले सिफारिस गर्‍यो ७ जना प्रदेश प्रमुखको नाम

नेकपाले सिफारिस गर्‍यो ७ जना प्रदेश प्रमुखको नाम

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सोमबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको महासचिव विष्णु पौडेलले बताए । ‘कुन प्रदेशका लागि के गर्ने भन्ने विषयमा सरकार र राष्ट्रपतिले निर्णय गर्नुहुन्छ,’ उनले भने ।

चितवनका शेरचन पूर्वउपप्रधानमन्त्री समेत हुन् । एक समय जनमोर्चा नेपालका अध्यक्षसमेत रहेका शेरचन माओवादी हुँदै अहिले नेकपामा सक्रिय थिए ।

कास्कीका अधिकारी पूर्वसभासद हुन् । उनी प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावका लागि उम्मेदवारको दाबेदार थिए । बाँकेका तिलक परिवार पूर्वसभासद हुन् ।

प्रदेश प्रमुखमा सिफारिस भएका सिराहाका यादव नेकपाका केन्द्रीय सदस्य समेत हुन् ।

यस्तै बैतडीका कलौनी ०४८ मा शेरबहादुर देउवासँग चुनाव लडेका थिए । एमाले फुटेर माले बन्दा त्यता गएका उनी पछिल्लो समय तत्कालीन एमालेमा सक्रिय थिए ।

प्रसाई मेचीनगर नगरपालिकाको मेयरको उम्मेदवार थिए । यस्तै चितवनकी त्रिपाठी तत्कालीन माओवादीसम्वद्ध वेपत्ता परिवार समाजको अध्यक्ष हुन् । उनका श्रीमान ज्ञानेन्द्र त्रिपाठीलाई सशस्त्र विद्रोहको समयमा राज्यपक्षले वेपत्ता पारेको थियो ।

5205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका