जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • कोशी अस्पतालमा प्रभु बैंक

कर्पाेरेट

कोशी अस्पतालमा प्रभु बैंक

कोशी अस्पतालमा प्रभु बैंक

मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नं. ०७ स्थित कोशी अस्पतालमा प्रभु बैंक लि. ले काउण्टर सञ्चालन गरी उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा कोशी अस्पतालमामा आउने सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको छ ।

कोशी अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालन गर्ने सम्बन्धी सम्झौतामा कोशी अस्पतालका तर्पmबाट प्रमुख सुपरीटेन्डेन्ट डा. गुणराज लोहनी र प्रभु बैंक लि. का तर्पmबाट प्रदेश नं. १ का कार्यालय प्रमुख लेखराज कार्कीले हस्ताक्षर गर्नुभएको हो ।

उक्त सम्झौता पश्चात् प्रभु बैंकले आवश्यक पुर्वाधार निर्माण गरी सार्वजनिक विदाको दिन बाहेक विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म बैंकको काउण्टर सञ्चालन गरी सेवाग्राही तथा अस्पतालमा कार्यरत कर्मचारीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउनेछ ।

कोशी अस्पतालमा प्रभु बैंकको काउण्टरबाट उपचारको लागि अस्पतालमा आउने सेवाग्राहीहरुले कोशी अस्पतालमा बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा जम्मा गर्नपाउने छन् ।

12140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?