जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आईएमई लाईफको खुद बीमा शुल्क दोब्बर बृद्धि

आईएमई लाईफको खुद बीमा शुल्क दोब्बर बृद्धि

आइएमई लाइफ इन्स्यारेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । जीवन बीमा कम्पनी आईएमई लाईफले पहिलो त्रैमासमा छलाङ मार्दै बीमा कारोबार दोब्बर बनाउन सफल भएको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा कम्पनीले २२ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोही अवधिमा १० करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस वर्षको आर्जन दोब्बर भन्दा बढि छ ।

कम्पनीले चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा दुई करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले तीन करोड चार लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जीवन बीमा कम्पनीको मुनाफा बीमाङ्कीय मूल्याङ्कनपछि मात्रै अन्तिम रुपमा निर्धारण हुने गर्दछ ।

कम्पनीले पहलो त्रैमासको अवधिसम्ममा लगानी कर्जा तथा अन्य आयबाट दुई करोड २३ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीद्वारा प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० करोड ८१ लाख रुपैयाँ, जीवन बीमा कोषमा ८२ करोड ३ लाख रुपैयाँ र महाविपत्ती कोषमा २ करोड ५३ लाख रुपैयाँ सञ्चित रहेको छ ।कम्पनीले तीन महिनाको अवधिमा ९ हजार ८ सय ८३ वटा बीमालेख जारी गरी २२ करोड ८५ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।

असोज मसान्तसम्ममा कम्पनीले ४९ दाबी वापत पाँच करोड ३२ लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४५ पैसा, प्रति शेयर नेटवर्थ ११६ रुपैयाँ ६९ पैसा रहेको छ ।

8480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका