जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कुन बैंकमा ऋण लिँदा सस्तो पर्छ?

कुन बैंकमा ऋण लिँदा सस्तो पर्छ?

सञ्चालनमा रहेका २८ मध्ये १५ वटा बाणिज्य बैंकहरुको आधार ब्याज दर एकल अंकमा झरेको छ। गत असारको तुलनामा असोजमा तीन बैंकले आधार दर घटाएका छन्।

बाँकी बैंकको आधार दर दोहोरो अंकमा छ। असार मसान्तमा चार बैंकको आधार दर एकल अंकबाट उक्लिएर दोहोरो अंकमा पुगेको छ। आधार दर कम भएको बैकमा सर्वसाधारणले तुलनात्मक रुपमा कम ब्याजमा ऋण पाउँछन्।

सबैभन्दा सस्तो आधार दर राष्ट्रिय बाणिज्य बैंकको छ, तर बैंकको आधार दर पछिल्लो तीन त्रैमासको तुलनामा उच्च छ। बैंकले १.१ प्रतिशत बिन्दुले आधार दर बढाएको छ। गत असार मसान्तमा बैंकको आधार दर ५.५ प्रतिशत थियो अहिले बढेर ६.६ प्रतिशत पुगेको छ।

यसपछि आधार दर स्ट्यान्डर्ड चार्टर्ड बैंकको कम छ। बैंकको ७.६३ प्रतिशत छ। यसैगरी नेपाल बैंकको ७.८४, नबिलको ७.९४, नेपाल इन्भेष्टमेन्ट बैंक ८.४८, एभरेष्ट ८.५२ र हिमालयन ८.९३ प्रतिशत छ।

निरन्तर आधार दर घटाउनेमा चार्टर्ड, सानिमा, प्रभु, ग्लोबल आइएमइ, प्राइम, सनराइज, लक्ष्मी, सेञ्चुरी र सिभिल बैंक छ। सिभिलको आधार दर विगतको भन्दा घटेपनि सबैभन्दा उच्च छ। बैंकको आधार दर ११.११ प्रतिशत छ। उभन्दा एक तह कम रहेको एनसिसी बैंकको १०.७७ प्रतिशत छ।

असार मसान्तको तुलनामा असोज ससान्तमा १३ वटा बैकको आधार दर घटेको छ। सबैंभन्दा बढि सेञ्चुरी बैंकले आधार दर घटाएको छ। चार्टर्ड र सिभिलको भने स्थिर छ। बाँकी बैंकको आधार दर बढेको छ।

 बैंक  असोज २०७६  असार २०७६  चैत २०७५  पुस २०७५  असोज २०७५
Century 10.45% 11.29% 11.32% 11.50% 11.51%
Siddhartha 10.02% 10.57% 10.37% 10.59% 10.62%
Agriculture Dev 10.18% 10.58% 11.16% 11.15% 12.32%
Prime 9.67% 10.03% 10.20% 10.17% 10.39%
Sunrise 9.97% 10.32% 10.43% 10.63% 10.97%
Nepal Bangladesh 9.87% 10.20% 10.69% 10.82% 10.20%
 Sanima 9.21% 9.45% 9.31% 9.75% 9.80%
Nabil 7.94% 8.09% 7.99% 7.94% 8.06%
Kumari 10.68% 10.82% 11.02% 11.55% 11.09%
Prabhu 9.24% 9.36% 9.16% 9.37% 9.49%
Himalayan 8.93% 9.05% 9.10% 9.11% 9.22%
Global IME 9.44% 9.54% 9.60% 10.09% 10.59%
Laxmi 10.24% 10.31% 10.26% 10.36% 11.28%
Standard Chartered 7.63% 7.63% 7.74% 7.55% 8.14%
Civil 11.11% 11.11% 11.20% 11.31% 10.98%
NIC Asia 9.51% 9.48% 9.30% 9.33% 10.77%
Bank of Kathmandu 10.02% 9.98% 10.07% 10.60% 10.62%
Nepal Investment 8.48% 8.33% 8.54% 8.96% 9.03%
Janata 10.13% 9.95% 11.66% 11.04% 11.22%
Machhapuchchre 10.56% 10.37% 10.52% 10.99% 11.21%
Mega 10.19% 9.98% 10.20% 10.83% 10.55%
Nepal SBI 9.94% 9.72% 9.73% 9.82% 10.43%
Citizens 10.75% 10.52% 10.58% 10.79% 11.47%
Everest 8.52% 8.12% 8.01% 8.22% 8.80%
NMB 10.33% 9.86% 9.95% 10.11% 9.93%
Nepal Credit & Commerce 10.77% 10.23% 10.86% 10.87% 11.45%
Nepal Bank 7.84% 7.03% 6.92% 6.06% 7.52%
Rastriya Banijya Bank 6.60% 5.50% 5.38% 5.60% 6.33

8485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका