जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, लक्ष्मी बैंक र प्राइम कर्मशियल बैंक लिमिटेडले स्मार्ट टेलिकमलाई बिना धितो दिएको २ अर्ब ८ करोड कर्जा संकटमा फस्योः राष्ट्र बैंकद्वारा ४ बैंकलाई २ करोड जरिवाना ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, लक्ष्मी बैंक र प्राइम कर्मशियल बैंक लिमिटेडले स्मार्ट टेलिकमलाई बिना धितो दिएको २ अर्ब ८ करोड कर्जा संकटमा फस्योः राष्ट्र बैंकद्वारा ४ बैंकलाई २ करोड जरिवाना ।

नेपालका चर्चित तीन वटा वाणिज्य बैंक लक्ष्मी बैंक लिमिटेड, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र प्राइम कर्मशियल बैंक लिमिटेडले बिना धितो स्मार्ट टेलिकमलाई दिएको २ अर्ब भन्दा बढि कर्जा डुब्ने प्रायः निश्चित भएको देखिन्छ । सरकारलाई तिर्नुपर्ने करिब ३० अर्ब भन्दा बढि रकम नबुझाएपछि खारेजीको अन्तिम संघारमा पुगेको मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमलाई यी तीन बैंकहरुले बिना धितो दिएको २ अर्ब भन्दा बढि कर्जा अझै उठेको छैन । आर्थिक बजारन्यूज डटकमलाई प्राप्ट कागजपत्र हेर्दा यी तिनवटा बैंकहरु नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले दिएको कर्जा १ अर्ब ३१ करोड ७१ लाख, लक्ष्मी बैंक लिमिटेडले ८ करोड १० लाख, प्राइम कर्मशियल बैंक लिमिटेडले ७३ करोड ३० लाख ५ हजार कर्जा स्मार्ट टेलिकमलाई दिएको देखिन्छ । अचम्मको कुरा त के छ भने खारेजीको प्रकृयामा पुगेको स्मार्ट टेलिकमले सरकारलाई ३० अर्ब भन्दा बढि रकम विभिन्न शुल्क र जरिवाना तिर्न बाँकी रहेको भेटिएको छ भने नेपाल दुर सञ्चार प्राधिकरणलाई बक्योता र जरिवाना वापद २६ अर्ब रुपैया भन्दा बढि तिर्न बाँकी रहेको देखिन्छ । यस्तो डरलाग्दो शुल्क राज्यलाई तिर्न बाँकी रहेको स्मार्ट टेलिकमलाई बिना धितो नेपाल इन्भेष्मेण्ट मेगा बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड र प्राइम कर्मशिलय बैंक लिमिटेडले दिएको २ अर्ब भन्दा बढि कर्जा डुब्ने देखिन्छ गर्भनर साब हेक्का होस् । राज्यलाई तिर्नुपर्ने रकम नतिरेपछि २ पटकसम्म खारेजीको प्रकृयामा गइसकेको स्मार्ट टेलिकम बचाउन लबिङ्ग भइरहे पनि बैंकहरुले दिएको कर्जा उठ्ने छाटकाट छैन भन्दा फरक पर्दैन ।

विदेशबाट शंकास्पद रकम ओसारपसार गरेका शाहको बैंक खाताहरु निर्देशन बमोजिम रोक्का नगर्दा नेपाल राष्ट्र बैंकले कुमारी, बैंक अफ काठमाण्डू (हाल ग्लोबल आइएमइ बैंकमा गाभिएको), प्रभु बैंक र प्राइम कर्मसियल बैंकलाई ५०–५० लाखका दरले जरिवाना तिराएको भेटिएको छ । यो अहिले सम्मकै बैंकहरुलाई गरिएको ठूलो जरिवाना कारवाही हो भन्दा फरक पर्दैन । गत पुस ५ गते बसेको राष्ट्र बैंकको सञ्चालक समिति बैंठकको निर्णयानुसार बैंकहरुलाई कारवाही गरिएको हो ।

बिना धितो (एक अर्बपतिको जमिनमा) यी तिन बैंकले कर्जा प्रवाह गरेको आर्थिक बजार न्यूजडटकमलाई प्राप्त कागजपत्रबाटै प्रस्ट देखिन्छ गर्भनर साब हेक्का होस् । यसैवीच गैर–कानूनी रुपमा विदेशबाट रकम भित्र्याउने बैंकिङ कसुरका आरोपी पृथ्वीबहादुर शाहको श्रोत नखुलेको रकमलाई संरक्षण दिने नेपालका चर्चित चार वटा वाणिज्य बैंक लाखौँ जरिवाना तिर्ने गरी कारबाहीमा परेका छन् । विदेशबाट शंकास्पद रकम ओसारपसार गरेका शाहको बैंक खाताहरु निर्देशन बमोजिम रोक्का नगर्दा नेपाल राष्ट्र बैंकले कुमारी, बैंक अफ काठमाण्डू (हाल ग्लोबल आइएमइ बैंकमा गाभिएको), प्रभु बैंक र प्राइम कर्मसियल बैंकलाई ५०–५० लाखका दरले जरिवाना तिराएको भेटिएको छ । यो अहिले सम्मकै बैंकहरुलाई गरिएको ठूलो जरिवाना कारवाही हो भन्दा फरक पर्दैन । गत पुस ५ गते बसेको राष्ट्र बैंकको सञ्चालक समिति बैंठकको निर्णयानुसार बैंकहरुलाई कारवाही गरिएको हो । ‘पुस ५ गतेको बैठकले कारवाहीको निर्णय गरेको थियो, सोही अनुसार पुस २२ गते यी बैंकहरुलाई जरिवानाको पत्राचार गरिएको थियो, राष्ट्र बैंकका एक अधिकारीले भने, ‘उहाँ (पृथ्वीबहादुर शाह)को बैंक खातामा अवैद्य रकम ओसारपसार भएको जानकारी पाएपछि बैंकहरुलाई उहाँसँग सम्बन्धित सबै खाता रोक्का राख्न भनेका थियौँ, तर उहाँहरुले रोक्का नगरेको पाइएपछि कारवाही सिफारिस भएको देखिन्छ ।’

शाह र उनीसँग सम्बद्ध कम्पनीहरु तथा निकट व्यक्तिहरुको खाता रोक्का गर्न राष्ट्र बैंकले निर्देशन दिएको बैंक सुपरिवेक्षण विभागका प्रमुख देव ढकालले पंक्तिकारसंग बताए । उक्त निर्देशनमा ‘पे यू सेन्टर प्रालि, वल्र्ड ट्राभल, इन्भेष्टमेन्ट प्रालि, हाहा क्यास पे प्रालि, पे सेफ रेमिट लिमिटेड, वल्र्ड एक्सपोर्ट इम्पोर्ट प्रालि, वालमार्ट एक्सचेन्ज प्रालि, लक्ष्मण रेग्मी, पृथ्वीबहादुर शाह, देवेन्द्र ढुंगााना, विजयविक्रम शाह र वर्ड एट वर्क कन्सल्टेन्सीको खाता रोक्का राख्नु’ भनिएको छ । राष्ट्र बैंकको उक्त निर्देशन नमान्दा कारबाहीमा परेको भेटिएको छ ।

राष्ट्र बैंकले २०७७ चैत १९ गते शाहको खातामा शंकास्पद रकम ओसारपसार भएको भन्दै बैंकहरुलाई खाता रोक्का गर्न निर्देशन दिएको थियो । त्यो बेला शाह र उनीसँग सम्बद्ध कम्पनीहरु तथा निकट व्यक्तिहरुको खाता रोक्का गर्न राष्ट्र बैंकले निर्देशन दिएको बैंक सुपरिवेक्षण विभागका प्रमुख देव ढकालले पंक्तिकारसंग बताए । उक्त निर्देशनमा ‘पे यू सेन्टर प्रालि, वल्र्ड ट्राभल, इन्भेष्टमेन्ट प्रालि, हाहा क्यास पे प्रालि, पे सेफ रेमिट लिमिटेड, वल्र्ड एक्सपोर्ट इम्पोर्ट प्रालि, वालमार्ट एक्सचेन्ज प्रालि, लक्ष्मण रेग्मी, पृथ्वीबहादुर शाह, देवेन्द्र ढुंगााना, विजयविक्रम शाह र वर्ड एट वर्क कन्सल्टेन्सीको खाता रोक्का राख्नु’ भनिएको छ । राष्ट्र बैंकको उक्त निर्देशन नमान्दा कारबाहीमा परेको भेटिएको छ ।
पृथ्वी बहादुर शाहको खाता राष्ट्र बैंकले बन्द गर्न बैंकहरुलाई निर्देशन दिएपछि शाहले तत्कालिन अर्थमन्त्री जनार्दन शर्मालाई प्रयोग गरी राजनैतिक शक्तिको आडमा खाता सञ्चालन गर्न तथा स्रोत नखोलिएको ४० करोड रकम भित्र्याउन लागि परेको देखिन्छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकाको सरकारी निकाय फाइनान्सियल क्राइम इफोर्समेन्ट नेटवर्क(फिनसेन)ले शाहको नाममा अवैद्य रकम आएको राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइ (एफआइायु) मा जानकारी गराएको थियो । फिनसेनको सोही जानकारीका आधारमा शाहको खाता रोक्का गरी अनुसन्धान अगाडि बढेको देखिन्छ । पुस २२ मा शाहसहित चक्रबहादुर खत्री, विजयविक्रम शाह, अनुप खड्का, रुपमाङ्गत काफ्ले र रंगबहादुर साउद बैंकिङ कसुरमा पक्राउ परे ।

शाहलाई सहजिकरण गरिदिन तत्कालिन अर्थमन्त्री शर्माले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई लिखित निर्देशन समेत दिएका थिए । तर, गर्भनरले नमानेपछि सरकारलाई असहयोग गरेको भन्दै तत्कालिन अर्थमन्त्री शर्माले गभर्नर निलम्बन प्रक्रिया चलाए । त्यसपछि सरकारले गर्भनर निलम्बन त गर्यो तर पछि सर्वाेच्च अदालतको आदेशमा गर्भनर अधिकारी पुनर्बहाली भएको देखिन्छ । राष्ट्र बैंकका अनुसार अमेरिकाको सरकारी निकाय फाइनान्सियल क्राइम इफोर्समेन्ट नेटवर्क(फिनसेन)ले शाहको नाममा अवैद्य रकम आएको राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइ (एफआइायु) मा जानकारी गराएको थियो । फिनसेनको सोही जानकारीका आधारमा शाहको खाता रोक्का गरी अनुसन्धान अगाडि बढेको देखिन्छ । पुस २२ मा शाहसहित चक्रबहादुर खत्री, विजयविक्रम शाह, अनुप खड्का, रुपमाङ्गत काफ्ले र रंगबहादुर साउद बैंकिङ कसुरमा पक्राउ परे । उनीहरुमाथि हाल सिआइवीले अनुसन्धान गरिरहेको छ । हेक्का होस् । उनीहरुले विभिन्न कम्पनी खडा गरेर ४६ लाख ४६ हजार ७३७ अमेरिकी डलर (३ करोड २२ लाख बढी नेपाली रुपैयाँ) गैरकानूनी कारोबार गरेको अनुसन्धानका क्रममा खुलेको छ । उनीहरुले स्विफ्टमार्फत ठगी गरी रकम नेपाल भित्र्याएको सीआईबीले जनाएको दाबी छ । सचेत भया ।

1755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका