जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • जनता र ग्लोबल आइएमईको कार्ड एक अर्काको एटिएममा निःशुल्क चलाउन सकिने

जनता र ग्लोबल आइएमईको कार्ड एक अर्काको एटिएममा निःशुल्क चलाउन सकिने

जनता बैंक नेपाल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा मर्जर सम्बन्धि प्रस्ताब यहि मिति २०७६ मंसिर २ गते सम्पन्न दुबै बैंकको साधारण सभाबाट पारित भइसकेको छ । मर्जर पश्चात ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भईरहेको छ । यहि मर्जर प्रक्रियालाई मध्यनजर गर्दै ग्राहक महानुभावहरुको सुविधाका लागि यी दुबै बैंकहरुबाट जारी गरिएका कार्डहरु यी दुबै बैंकहरुका कुनै पनि एटीएममा चलाउँदा कुनै शुल्क नलाग्ने व्यहोरा सहर्ष जानकारी गराउँदछौं ।

मर्जर पश्चात बन्ने ग्लोबल आईएमइ बैक लिमिटेडको मुलुकको ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा उपस्थिति हुनेगरी तयारी भरहेकोछ । करिव ३०० भन्दा बढी शाखा सञ्जाल, ३२०० कर्मचारी, २० लाख ग्राहक संख्या सहितको बैक बन्नेछ । मर्जर पश्चात बन्ने ग्लोबल आइएमई बैंक चुक्ता पूँजी करिव १९ अर्ब, निक्षेप रु. २ खर्ब १३ अर्ब, कर्जा रु. १ खर्ब, ९४ अर्ब भएको सवल र सक्षम बैक बन्ने विश्वास लिईएको छ ।

8505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका