जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • पूर्वमन्त्री गुप्ताको डर लाग्दो धन्दा जारी , रेशमबहादुर लाई फसाउन यस्तो !

पूर्वमन्त्री गुप्ताको डर लाग्दो धन्दा जारी , रेशमबहादुर लाई फसाउन यस्तो !

पूर्वमन्त्री श्यामसुन्दर गुप्ताको अनैतिक धन्दाको श्रृंखला जारी छ । उनको धन्दा अपराधसँग भन्दा पनि ब्यक्तीगत शुभ-लाभमा निहित हुन्छ ।

जुन कुरा उनको विगतले पनि बताउछ । पैसा भनेपछि जे पनि गर्न पछि नपर्ने श्यामसुन्दर गुप्ताले एक जग्गा व्यवसायीलाई के मात्रै गरेनन् ? तपाई घटनाका बारेमा सुन्नुभयो भने तिनछक्क पर्नु हुन्छ । आफ्ना हर्कत लुकाउन जग्गा व्यवसायी रेशमबहादुर पाख्रिनले जवरजस्ती करणी गरेको समेत भन्न भ्याए । त्यतिमात्र हो र ?

एक ३५ बर्षे महिलालाई दुरुपयोग  गरेर पाख्रिनलाई जेलमै पठाए । संबन्धित घटनाका बारेमा आधिकारिक दसीप्रमाणहरु नभइकन कसरी परे उनी जेल ? न्यायलय समेत विवादमा पर्ने एक बरिष्ठ वकिलले कुराकानीका क्रममा भने ।

नियोजित रुपमा रेशमबहादुर पाख्रिनलाई फसाउने गम्भिर ढंगको खेल गुप्ताजीको देखिन्छ । सबै कुरा बहसमा पनि भनिसकेको अवस्था हो, ती वकिलले थपे ।

घर,जग्गा कारोबार गरिरहेका एक सहकर्मीलाई जबरजस्ती करणीको मुद्दा लगाएर जेल पठाउन पूर्वमन्त्री श्यामसुन्दर गुप्ता लागिरहेको तथ्य न्यूज अभिायन डट कमले फेला परेको हो ।

रेशमबहादुर पाख्रिनलाई घर,जग्गाको कारोबारमा विवाद भएपछि ३५ बर्षिया युवती खडा गरेर पूर्वमन्त्री गुप्ताले जवरजस्ती करणी मुद्दामा जेल पठाएको तथ्य फेला पारेको छ ।

ललितपुर महानगरपालिका जाउलाखेल ८ बस्ने   (महिलाको नाम परिवर्तन) लाई प्रयोग गरेर धुम्पाखर ६ सिन्धुपाल्चोक, हाल ललितपुर भैसेपाटी बस्ने पाख्रिनलाई जेल पठाएका हुन् ।

गुप्ताको रणनीतिमा पाख्रिनले एक असोज २०७५ दिनको साढे दुई बजे र असोजकै ६ गते गरी दुई तिन पटक आफ्नै अफिस कुपण्डोलमा ति महिलालाई जवरजस्ती करणी गरेको रणनीति बनाएर ४३ दिनपछि प्रहरीले कात्तिक १३ गते जाहेरी लियो ।  राईले आकाश राई भन्ने  भनिने आकाश लामासहित एक झुण्ड आएर ललितपुर प्रहरीमा जाहेरी दिइन् ।

प्रहरीले रेशमलाई गिरफ्तार गर्दा फिल्डमा समात्न निर्देशन दिने आकाश लामा नै थिए । जाहेरीका आधारमा प्रहरीले २७ कात्तिकमा पाख्रिनलाई गिरफ्तार ग¥यो । गिरफ्तारपछि प्रहरीले गुप्तासंगको मिलेमतो अनुरुप ललितपुर जिल्ला अदालतमा मुद्दा दायर ग¥यो ।

पूर्वमन्त्री गुप्ताले अदालतमा पनि सेटिङ मिलाएकाले जवरजस्ती करणी गरेको ठहरिने फैसला गर्दै जेल पठाउने निर्णय अदालतले ग¥यो ,रेशमबहादुरको परिवारले आरोप लगाएका छन् । रेशमबहादुरको नागरिकता समेत पूर्वमन्त्री गुप्ताले दुरुपयोग गरेर प्रहरीमा पेस गरेकोमा परिवारले चिन्ता ब्यक्त गरेका छन् ।

राईलाई जाहेरी दिन सघाउने लामाको गुप्तासंग लामो समयदेखि नै हिमचिम थियो । हुँदै नभएको जवरजस्ती करणीमा गुप्ताले लामा बाहेक भाष्कर गुप्ता, राकेस गुप्ता र मञ्जु अन्सारीसमेतको प्रयोग गरेको मात्र होइन । ललितपुर प्रहरी परिसरका डिएसपी नारायण चिमोरियाले गुप्तालाई सहयोग गरेको पिडितका परिवारले आरोप लगाएका छन् ।

जालसाजी टिमसंग मिलेर जालसाजीमा फसाउन खोजेको प्रहरीले अदालतमा मिसिल बुझाउँदा पिडित भनिएकी महिलाको घटना भएको मिति र समयको कल लोकेशन समेत प्रहरीले नबुझाएपछि थप शंका उब्जिएको हो ।

प्रहरीले कल डिटेल हेर्दा पिडित भनिएकी राई र पाख्रिन फरक-फरक स्थानमा फोनमा व्यस्त भएको र उनीहरुको बिचमा कुनै पनि कल वार्ता नदेखिएको हो । घटना बनिबनाउ भएको ठोकुवा पिडित परिवारले गरेको छ ।

त्यहि आशंकाकाबीच पाख्रिन परिवारले ‘रेशमबहादुर पाख्रिनलाई यहि घर जग्गाको विवादमा त मैले जेल हालेको हु नी’ भन्ने गोप्य अडियो अनुसन्धानको क्रममा फेला पारेको छ ।

अहिले परिवारले अदालतमा न्यायका लागि मुद्दा दर्ता गरेको छ । मुद्दामा पिडितको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, शेरबहादुर केसी, ऋषिराम घिमिरे र विपिन सुवेदीले बहस गरिरहेका छन् ।

यसैबिच,टेलिकमको कल डिटेल र गुप्ताले फसाइएको हो भन्ने स्पष्ट अडियो सञ्चार माध्यममा खुलासा भएको छ ।

गुप्ताले पाख्रिन जेल पठाएर घर जग्गा हडप्ने ‘कु’ नियतले ३५ बर्षे युवती खडागरि जबरजस्ती करणीको मुद्धामा जेल पठाउन सफल भएका हुन् ।

गुप्ताको अडियो सार्वजनिक भएपछि घटनामा सम्लग्न प्रहरी र न्यायलय शंकाको घेरामा तानिएका छन् ।

मुख्य भुमिका खेल्ने आकाशलाई अनुसन्धान गर्न परिवारको माग

उक्त घटनामा  मुख्य भुमिका खेल्ने आकाश राई भनिने आकाश लामालाई अनुसन्धान गर्न रेशमबहादुर पाख्रिनको परिवारले माग गरेको छ । आकाश लामा गुप्ताका विश्वासिला पात्र हुन् , यस्तै देखाउछ विगतले स्रोत भन्छ ।

यस अघि पूर्वमन्त्री गुप्ताले गरेका अनैतिक धन्दामा उनै लामालाई प्रयोग गरेको समाचार स्रोतको दाबी छ । आकाश लामाले ती महिलासँग वारम्बार मोवाइलमा वार्ता हुने गरेको देखिन्छ ।

महिलाले प्रयोग गरिएको भनिएका ३ मोवाईल मध्ये २ ओटा मोवाइल सन २०१४ देखि बन्द भएको बुझिएको छ ।

त्यसैगरि ती लामाले पुर्वमन्त्री गुप्ता,भाष्कर गुप्ता, राकेस गुप्ता र मञ्जु अन्सारीसँग समेत बारम्बार कुरा भए गरेकोले घटना नियोजित भएको परिवारको भनाई छ ।

पूर्वमन्त्री गुप्ता अपहरण मुद्दामा करिब चार वर्ष जेल सजाय भुक्तान गरी केही महिनाअघि मात्रै छुटेका थिए ।

उद्योगपति पवन सङ्घाई अपहरण मुद्दामा चार वर्ष जेल सजाय भुक्तान गरी छुटेका गुप्ताको अनैतिक धन्दा निरन्तर चलिरहेको यो घटनाले देखाउँछ ।

त्यसैगरि ,महानगरीय प्रहरी परिसर ललितपुरले धोवीघाटस्थित रेडरोज इन्टरनेसनल म्यानपावर कम्पनी सञ्चालक एक महिलालाई गुप्ताले धम्की दिई ५० लाख रुपियाँ माग गरेका थिए ।

तत्कालिन ललितपुर परिसर प्रमुख पिताम्बर अधिकारीका अनुसार रेडरोज इन्टरनेसनल म्यानपावरकी सञ्चालक चितवन भरतपुर–४ घर बताउने ४२ वर्षीय तारा रेग्मीसंग ५० लाख मागेका हुन ।

रेग्मी सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइरालाकी गर्लफ्रेन्ड हुन् ।  म्यानपावरका नाममा सर्वसाधारणलाई ठग्ने र गुन्डा प्रयोग गरी कुटपिट गर्नेजस्ता अपराधका घटनामा संलग्न म्यानपावर सञ्चालक तारासँग आर्थिक लेनदेनको विषयमा मनमुटाव बढ्दै गएपछि रूपन्देही भैरहवा घर भई हाल ताल्छीखेलमा बस्दै आएका पूर्वमन्त्री गुप्ताले पटक–पटक ५० लाख रुपैयाँ माग गरेका थिए । न्यूज अभियान डटकमबाट

8880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका