जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बैंकहरुको खराब कर्जा बढ्यो(सूचिसहित)

बैंकहरुको खराब कर्जा बढ्यो(सूचिसहित)

सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुको खराब कर्जा बढेको छ । बैंकहरुले दिएको ऋण उठाउन नसकेपछि बैंकहरुको खराब कर्जा बढेको हो । चालु आवको पहिलो त्रैमाससम्ममा ११ वटा बैंकको खराब कर्जा बढेको छ भने बाँकी रहेको बैंकहरुको खराब कर्जा घटेको छ ।

खराब कर्जा बढने बैंकहरुमा सानिमा, एनआईसी एसिया, नबिल, मेगा, बैंक अफ काठमाण्डू, एनएमबी, नेपाल बंगलादेश, सेन्चुरी, नेपाल इन्भेष्टमेन्ट, प्रभु बैंक रहेका छन् ।
प्रभु बैंकको गत आवको पहिलो त्रैमासमा २.५१ प्रतिशत रहेको खराब कर्जा चालु आवको सोहि अवधिमा आईपुग्दा बढेर ३.३२ प्रतिशत पुगेको छ ।

यस्तै इन्भेष्टमेन्ट बैंकको १.२१ प्रतिशतबाट बढेर २.८४ प्रतिशत पुगेको छ । नेपाल बंगलादेशको पनि १.५५ प्रतिशतबाट बढेर १.९७ प्रतिशतमा पुगेको छ । यो अवधिमा सबै भन्दा कम खराब कर्जा हुने बैंकमा एभरेष्ट र नेपाल एसबीआई बैंक रहेका छन् । यी दुवै बैंकको खराब कर्जा घटेर दुवैको ०.१७ प्रतिशत रहेको छ । यी दुई बैंकको कर्जामा भएको लगानीमा जोखिम कम रहेको देखिएको छ ।

भाखा नाघेको एक वर्ष नपुगेको कर्जालाई खराब कर्जाको रुपमा राख्नुपर्ने व्यवस्था छ । राष्ट्र बैंकले तोकिएको समयमा ऋण नउठेर ३ महिना नाघेको कर्जामा २५, ६ महिना नाघेमा ५० र एक वर्ष नाघेमा शत प्रतिशत प्रोभिजनिङ (जोखिम व्यवस्था) गर्नुपर्ने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थामा खराब कर्जा जति कम भयो बैंक तथा वित्तीय संस्थाको अवस्था त्यति नै राम्रो मानिन्छ । राष्ट्र बैंकले कूल कर्जाको ५ प्रतिशतभन्दा बढी खराब कर्जा हुन नहुने व्यवस्था गरेको छ ।

 Bank  Mid October 2019
Ashwin End 2076
 Ashwin 075/ Mid Oct 2018
 Everest 0.17% 0.21%
Nepal SBI 0.17% 0.20%
Standard Chartered 0.18% 0.21%
 Sanima 0.24% 0.08%
Machhapuchchre 0.31% 0.47%
NIC Asia 0.45% 0.26%
Nabil 0.65% 0.58%
Global IME 0.85% 1.05%
Citizens 0.98% 1.23%
Laxmi 1.04% 1.50%
Kumari 1.05% 1.14%
Prime 1.14% 1.41%
Himalayan 1.16% 1.46%
Sunrise 1.27% 1.12%
Siddhartha 1.28% 1.40%
Janata 1.33% 1.54%
Mega 1.42% 1.08%
Bank of Kathmandu 1.73% 1.61%
NMB 1.97% 0.76%
Nepal Bangladesh 1.97% 1.55%
Century 2.47% 0.82%
Nepal Bank 2.75% 2.78%
Nepal Investment 2.84% 1.21%
Nepal Credit & Commerce 2.87% 3.69%
Civil 2.93% 3.06%
Prabhu 3.32% 2.51%
Rastriya Banijya Bank 3.50% 3.83%
Agriculture Dev 3.70% 3.93

5765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका