जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • संसदमा विश्वप्रकाशको भिजन ९५ : यस्तो छ १५ वर्षमा हुनुपर्ने १० बुँदे परिकल्पना

संसदमा विश्वप्रकाशको भिजन ९५ : यस्तो छ १५ वर्षमा हुनुपर्ने १० बुँदे परिकल्पना

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको १५ वर्षमा नेपालीको अवस्था कस्तो हुनुपर्छ भन्ने विषयमा राज्यले सोच्नुपर्ने बेला आइसकेको बताएका छन्।

मंगलवारको संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सुझाव पेस गर्दै सांसद शर्माले यस्तो भनाई राखेका हुन्।

अबको बजेट आउँदा बितेको १० वर्षको समीक्षा हुनुपर्ने र भिजन ९५ बनाउनुपर्ने सुझाव उनको छ। ‘बितेको १० वर्षको समीक्षा हुनुपर्छ। प्रधानमन्त्री हुँदा बिपी कोइरालाले १५ वर्षका लागि सपना बनाउनुभएको थियो,’ उनले भने, ‘त्यसैगरी भिजन ९५ यो संसदले अपेक्षा गरेको छ। अबको १५ वर्षमा देशको अवस्था कस्तो हुन्छ भन्ने कुरा।’

धनी राष्ट्रहरुमा मध्यरातमै विकासका काम हुने उल्लेख गर्दै शर्माले नेपाल भने रातमा मस्त सुत्‍ने गरेको बताए। ‘धनी राष्ट्र अमेरिका राति पनि पुल बनाउँछ। धनी राष्ट्र बेलायत राति पनि बाटो बनाउँछ,’ उनले भने, ‘नेपाल रात परेपछि सुत्छ। सूर्य अस्त नेपाल मस्त।’

विश्वप्रकाशले अबको १५ वर्षमा नेपाली विकासको १० बुँदे खाकासमेत प्रस्तुत गरे।

  • अबको १५ वर्ष पुग्दै गर्दा हरेक नेपालीको एक प्रविधियुक्त घर होस्। जीवन निर्वाहको जुनै क्षेत्र अँगाले पनि आत्मसम्मानको सामाजिक वातावरण प्राप्त होस्
  • निश्चित रोजगारी, व्यवसायी, लगानी कम्तीमा एक सुनिश्चित होस्
  • आफ्नै देशको आर्गनिक उत्पादन भान्सामा पाकोस्
  • स्वास्थ्य उपचारको लागि बीमा अनि निकट दुरीमा अत्यावश्यक उपचार उपलब्धता होस्
  • रोजाइको पढाई निःशुल्क प्राप्ति या आर्थिक योगदान गर्न सकिने अवस्था होस्
  • पर्यावरण रक्षासहितको भौतिक विकास प्राप्त होस्
  • साहित्य सिनेमा खेलकुद संगीत आदिका माध्यमद्वारा देशले निरन्तर प्रतिष्ठा हासिल गरिरहेको स्थिति प्राप्त होस्
  • विभेद हिंसा र अन्य कुनै पनि सामाजको सदस्य हुँ भन्ने गौरव प्राप्त होस्
  • विवशताको आँशु बगाउँदै कसैले देश छाड्न नपरोस्। विश्वभरी छरिएका नेपाली डायस्पोराको सीप पुँजी र भावना निरन्तर नेपालसँग गासिरहने स्थिति बनोस्
  • पर्याप्त सुख नभए पनि सुखी पारिवारिक जीवनको आत्मसन्तोष हरेक नेपालीलाई प्राप्त होस्

1095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका