जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रभु बैंक डिबेञ्चर–२०८४ का लागि विक्री प्रबन्धक नविल ईन्भेष्टमेन्ट

प्रभु बैंक डिबेञ्चर–२०८४ का लागि विक्री प्रबन्धक नविल ईन्भेष्टमेन्ट

प्रभु बैंक लि. ले रु. १,०००।– अंकित दरको ८ वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको “प्रभु बैंक डिबेञ्चर–२०८४” निष्काशन गर्नको लागि नविल ईन्भेष्टमेन्ट बैंकिङ्ग लि. लाई निष्काशन तथा विक्री प्रबन्धकको रुपमा नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा प्रभु बैंक लि. का तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल ईन्भेष्टेमेण्ट बैंकिङ्ग लि. का तर्पmबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।
प्रभु बैंक लि. ले वार्षिक १० प्रतिशतका दरले प्रत्येक तीन÷तीन महिनामा ब्याज भुक्तानी हुने गरी रु. २ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८४” नामक ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको छ । १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र ८० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लि. निष्काशन तथा विक्री प्रबन्धकत्वमा निकट भविष्यमा निष्काशन हुन लागेको रु. २ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८४” को ट्रष्टीको रुपमा पनि नबिल ईन्भेष्टमेण्ट बैंकिङ्ग लि. लाई नै नियुक्त गर्ने सम्बन्धी सम्झौता पनि आजै हस्ताक्षर भएको छ । नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात् “प्रभु बैंक डिबेञ्चर–२०८४” सार्वजनिक निष्काशन गरिनेछ ।

5620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका