जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबीच सम्झौता, विद्युतीय सवारी किन्न सहजै कर्जा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबीच सम्झौता, विद्युतीय सवारी किन्न सहजै कर्जा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबीच विद्युतीय सवारी कर्जा सहजरुपमा प्रवाह गर्ने सम्बन्धी समझदारी भएको छ।

समझदारी पत्रमा बैंकका साना तथा मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले हस्ताक्षर गरे।

समझदारी अनुसार शशिला मोटर्स तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने विद्युतीय सवारी साधन खरिद गर्न चाहनेहरुलाई बैंकले सहजै कर्जा दिनेछ।

आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात् ३ कार्यदिन भित्र कर्जा प्रवाह गर्ने बैंकले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

2140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका