जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • एनएमबि बैंकमा ६ सञ्चालकका लागि निर्वाचन हुने,

एनएमबि बैंकमा ६ सञ्चालकका लागि निर्वाचन हुने,

एनएमबी बैंकले ६ जना सञ्चालकका लागि निर्वाचन गर्ने भएको छ। संस्थापक समुहबाट तीन र सर्वसाधारण समुहबाट तीनजना सञ्चालकको निर्वाचन गर्ने भएको हो।

बैंकले २४ औं वार्षिक साधारणसभा आगामी पुस २४ गते गर्ने भएको छ । सभामा निर्वाचन र सञ्चालक समितिले यसअघि घोषणा गरेको ३५ प्रतिशत लाभांस पेश गरिने छ । गत वर्षको नाफाबाट १४ प्रतिशत नगद लाभांस र जगेडा कोषबाट २१ प्रतिशत बोनस शेयर पारित हुने बैंकले जनाएको छ।

शेयरधनीहरूले १ अर्ब ६१ करोड रूपैयाँ नगद लाभांस प्राप्त गर्ने छन्। २१ प्रतिशत बोनस शेयर पारित भएसँगै बैंकको चुक्ता पुँजी १३ अर्ब ९५ करोड रूपैयाँ पुग्ने छ। साधारणसभा प्रयोजनका लागि पुस ४ देखि २४ गतेसम्म बुक क्लोज हुनेछ। पुस ३ गतेसम्म कायम शेयरधनीहरूले प्रस्तावित लाभांस प्राप्त गर्नुका साथै साधारणसभामा भाग लिन सक्ने छन्।

गत आर्थिक वर्षमा बैंकले २ अर्ब २५ करोड रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकले नगद र बोनस शेयरसहित ४ अर्ब ३ करोड रूपैयाँ लाभांस वितरण गर्नेछ। जगेडा कोषबाट बोनस शेयर दिएर बैंकले पुँजी बढाउने योजना बनाएको हो ।

8780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका