जोडिनुहोस
बुधबार, बैशाख ५, २०८१
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • सनराइज बैंकका ग्राहकले र्टिर्कस एयरलाइन्स चढ्दा विशेष छुट पाउने

सनराइज बैंकका ग्राहकले र्टिर्कस एयरलाइन्स चढ्दा विशेष छुट पाउने

सनराइज बैंकले र्टिर्कस एयरलाइन्संसंग सम्झौता गरेको छ । यस सम्झौता अन्तरगत सनराइजका ग्राहकहरुले र्टिर्कस एयरलाइन्सको टिकट खरिद गर्दा इकोनोमिक क्लासमा ७ प्रतिशतसम्म र बिजनेस क्लासमा १० प्रतिशतसम्मको छुट पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

साथै उक्त सम्भैmता अनुसार बैंकका ग्राहकहरुले युरोप भ्रमणमा जादाँ थप १० के.जीसम्म सामान लान पाउने व्यवस्था गरिएको छ । यस छुटका लागी ग्राहकहरुले र्टिर्कस एयरलाइन्सको काठमाडौं स्थित नारायणहिटी पथमा रहेको कार्यालयमा आफ्नो परिचय स्वरुप बैंकको कार्ड देखाई टिकट खरिद गर्नु पर्ने छ ।

सनराइज बैंकको प्रधान कार्यालय, गैरीधारामा मंगलबार भएको एक कार्यक्रममा र्टिर्कस एयरलाइन्सको तर्फबाट नेपालको लागि कन्ट्री म्यानेजर अब्दुल्ला टुन्चेर केटिची  र सनराइज बैंकका तर्फबाट बैंकको प्रमुख कार्यकारी अधिकृत  जनक शर्मा पौड्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

5845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका