जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्राइम र कैलाश दुबै बैंक सधारणसभामा मर्जर प्रस्ताव लैजादै

प्राइम र कैलाश दुबै बैंक सधारणसभामा मर्जर प्रस्ताव लैजादै

प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकले मर्जरको विशेष प्रस्ताव सहित पुस २५ गते वार्षिक साधारणसभा डाकेका छन्। प्रामइमले कैलाश विकास बैंकलाई एक बराबर ०.९४ प्रतिशत शेयर अनुपातमा प्राप्ति गर्ने भएको हो।

दुबैले छुट्टाछुट्टै ठाउँमा एकै पटक साधारणसभा गर्ने भएका हुन्। प्राइमको सञ्चालक समितिले यस अगाडि घोषणा गरेको १६ प्रतिशत बोनस शेयरको प्रस्ताव बाह्रौ वार्षिक साधारणसभामा पेश गर्नेछ। बैंकको हालको चुक्ता पूँजी १० अर्ब ८ करोड रुपैयाँ कायम हुनेछ।

मर्जर समिति र चल अचल सम्पत्ती तथा दायित्व मूल्याङ्कन प्रतिवेदन अनुसार तय भएको स्वाप रेसियो साधराणसभामा पेश हुनेछ।

दुई बैंक विचमा भएको सम्पुर्ण संझौताहरु साधारणसभाले अनुमोदन गरेपछि बैंकले प्राप्तिको कानुनी प्रकृया अगाडि बढाउनेछ। बैंकले घोषणा गरेको लाभांस पुस १३ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्न सक्नेछन्। साधारणसभमा प्रयोजनको लागि पुस १४ गते एक दिन बुक क्लोज हुनेछ।

त्यस्तै कैलाश विकास बैंकले पुस २५ गते आफ्नो नाममा अन्तिम अर्थात २६औ वार्षिक साधारणसभा बोलाउनेछ। साधारणसभामा चुक्ता पूँजीको २.७७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गरिनेछ। बैंकले पूँजीको १६ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको छ। हाल बैंकको चुक्ता पूँजी दुई अर्ब ५२ करोड रुपैयाँ छ। बोनस शेयरपछि बैंकको पूँजी दुई अर्ब ९२ करोड रुपैयाँ पुग्नेछ।

मर्जरपछि प्राइम बैंकको अवस्था 
स्वाप रेसियोको आधारमा बोनस शेयरपछि कैलाश विकास बैंकको पूँजी दुई अर्ब ७४ करोड रुपैयाँ हुनेछ। यो पूँजी प्राइम बैंकको पूँजीमा जोडिनेछ। बोनस शेयर पछि कामय हुने प्राइमको पूँजीमा उक्त स्वाप रेसियो पछिको पूँजी जोडिदा १३ अर्ब ५५ करोड रुपैयाँ कायम हुनेछ। स्वाप रेसियो पछि उब्रिएको पूँजी १७ करोड ५४ लाख रुपैयाँ प्राइमको जगेडामा जोडिनेछ।

प्राइमको जगेडा कोषमा ८ अर्ब ५ करोड रुपैयाँ छ भने कैलाशको तीन अर्ब २० करोड रुपैयाँ छ। मर्जपछि जगेडा कोषमा ११ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

हाल प्राइमसँग ७८ अर्ब ५९ करोड रुपैयाँ निक्षेप छ भने कैलाशसँग २७ अर्ब ८३ करोड रुपैयाँ छ। मर्ज पछि प्राइमको एक खर्ब ६ अर्ब रुपैयाँ निक्षेप पुग्नेछ। त्यस्तै प्राइमको हाल ऋण लगानी ७९ अर्ब १३ करोड रुपैयाँ ऋण लगानी छ भने कैलाशको २२ अर्ब २७ करोड रुपैयाँ ऋण लगानी गरेको छ।

मर्जपछि प्राइमको ऋण लगानी एक खर्ब एक अर्ब रुपैयाँ पुग्नेछ। यस अगाडि प्राइमको निक्षेप भन्दा ऋण लगानी धेरै थियो।

हाल प्राइमको दोस्रो बजारमा २८० रुपैयाँमा खरिद बिक्री भैरहेको छ। गत साउनमा मर्जरको संझौता गरे पछि कैलाशको कारोबार बन्द छ। कारोबार बन्द हुनु अगाडि बैंकको बजार मूल्य २३८ रुपैयाँ थियो। यसले कैलाश विकास बैंकका शेयरधनीलाई केहि फाइदा हुनेछ।

प्रतिशेयर आम्दानीको हिसावले प्राइमको २७ रुपैयाँ छ भने कैलाशको पनि २७ रुपैयाँ नै छ। प्राइमले राम्रो व्यवसाय गरिरहेको कैलाशलाई प्राप्ती गरि आफ्नो वित्तीय अवस्था केहि हदसम्म सुधार गर्ने देखिन्छ।

कैलाश विकास बैंकको हाल उपत्यका भित्र २५ वटा र उपत्यका बाहिर ७६ वटा सहित १०१ वटा शाखा कार्यालय छन्। त्यस्तै प्राइमको उपत्यका भित्र २४ वटा शाखा र उपत्यका बाहिर ७५ वटा सहित ९९ वटा शाखा कार्यालय छन्।

नेटवर्कका हिसावले प्राइमले आफ्नो भन्दा ठुलो नेटवर्क भएको बैंकलाई प्राप्ती गर्ने भएको हो। प्राप्तिपछि प्राइमको नेटवर्क २०० वटा पुग्नेछ।

9505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका