जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • जन्मियो लघुवित्तका लगानीकर्ताहरुको संघ

समाचार

जन्मियो लघुवित्तका लगानीकर्ताहरुको संघ

७ सदस्यीय कार्यसमिति गठन

जन्मियो लघुवित्तका लगानीकर्ताहरुको संघ

नेपालको वित्तीय क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएको लघुवित्तलाई थप सशक्त र बलियो बनाउने उदेश्यले लघुवित्तका अध्यक्षहरुको संगठन ज जन्मिएको छ।

पुष ६ गतेको तदर्थ समितिको बैठकले चौतारी लघुवित्त वित्तीय सँस्थाका अध्यक्ष जगत बहादुर पोखरेलको नेतृत्त्वमा लघुवित्तका अध्यक्षहरुको संगठन दर्ता गर्ने प्रकृया अघि बढाएको स्रोतको भनाई छ।

तत्काललाई ७ सदस्सीय कार्यसमिति रहेको उक्त संगठनको नाम पछिमात्र तय गर्ने निर्णय भएको जनाइएको छ। नियामक नेपाल राष्ट्र बैंक र अन्य निकायमा दर्ता गर्नुपर्ने लगायतका प्रकृयागत काम बाँकी नै रहेकाले अहिलेलाई संगठनको नाम तय नगरिएको बताइएको छ।

कार्यसमितिमा आँधिखोला, सुपर, जनउत्थान, चौतारी, राष्ट्र उत्थान, नेपाल ग्रामिण सदस्य रहेका छन। अरु लघुवित्तलाई पनि बिस्तारै यस संगठनमा आबद्द गरिने भएको छ।

‘प्रकृया धेरै अघि बढिसकेको छ, आवश्यक छलफल भईसकेको छ’ स्रोतले बताएको छ। यस संस्थाले देशभरिका सबै राष्ट्रिय, क्षेत्रीय र प्रादेशिक लघुवित्तहरुलाई समेटेर काम गर्ने बताइएको छ।

पछिल्लो समय बैंक वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन जस्तै संचालकहरुको समेत छाता संगठन बनाउने अभ्यास सुरु भएको छ। सीईओहरुको क्लबले मात्रै सबै नीतिगत काम गर्न नसक्ने भन्दै यसअघि नै बाणिज्य बैंकका अध्यक्षहरुको छाता संगठन स्थापना भईसकेको छ। ‘बैंक तथा वित्तीय संस्था परिषद नेपाल’ नाम राखिएको उक्त संस्थाको अध्यक्ष एनएमबि बैंकका अध्यक्ष पवन गोल्यान छन।

गोल्यानले लघुवित्तका अध्यक्षलाई समेत समेटेर ‘बैंक तथा वित्तीय संस्था परिषद नेपाल’ निर्माण गरिने सार्वजनिक रुपमै बोलेपनि आफुहरुसंग कुनै छलफल नै नभएको लघुवित्तका अध्यक्षहरुको भनाई छ।

5185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?