जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • अस्पतालमा उपचारत कामतीले जिते १० लाख

अस्पतालमा उपचारत कामतीले जिते १० लाख

सडक दुर्घटनामा परी हाल विराटनगर नसिङ् होममा उपचारत रहेका सिराहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद पुरस्कार  १० लाख रुपैयाँ जितेका छन् । यस योजना अन्तर्गत पहिलो महिनाको पुरस्कार जित्ने कामती भाग्यशाली ग्राहक हुन् ।

मंसिर ३० गते प्रत्यक्ष प्रसारण भएको एक टेलिभिजन कार्यक्रम मार्फत कामती यो योजनाको पहिलो मासिक विजेताका रुपमा छानिएका थिए । बुधबार (पुष १६) गते चर्चित हास्य कलाकार जितु नेपालले उनी उपचारत रहेको अस्पतालमा गई रु १० लाखको चेक हस्तान्तरण गरेका थिए ।

आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ योजना मंसिर १, २०७६ देखि संचालन गर्दै आएको छ । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता रु २ लाख नगद र प्रत्येक महिना रु १० लाख नगद जित्ने मौका पाउँछन् ।

9095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?