जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनआईसी एशिया बैंकका ग्राहकलाई मर्क्योर होटलमा १५% सम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई मर्क्योर होटलमा १५% सम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंको सुकेधारास्थित मर्क्योर होटलमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंकले आफ्ना ग्राहकलाई छुट सुविधा उपलब्ध गराउन होटलसँग सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका ग्राहकले होटलको सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन्।

आवास सेवा लिँदा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट पाइने बैंकले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। छुट सुविधा उपयोग गर्न ग्राहकले एनआईसी एशियाको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ। होटलसँगको यो सम्झौताले डिजिटल भुक्तानी प्रवर्धन गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।

1745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका