जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आजबाट, प्रत्येक सूचकांकमा अब्बल हुने दाबी

नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आजबाट, प्रत्येक सूचकांकमा अब्बल हुने दाबी

नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आजबाट सुरु भएको छ। मर्जरपछि कायम हुन गएको बैंकले आजदेखि एकीकृत कारोबार सुरु गर्न लागेको हो।

दुई बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले एकीकृत कारोबार गर्ने निर्णय गरेको हो। राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै एकीकृत कारोबार हुन लागेको हो।

नबिलले एनबी बैंकलाई प्रतिसेयर ४३ रुपैयाँका दरले गाभेको हो। यसअनुसार नेपाल बङ्गलादेश बैंकका सेयरधनीहरुले एनबीको १०० कित्ता बराबर नबिल बैंकको ४३ कित्ता शेयर प्राप्त गर्नेछन् । यस्तै, नेपाल बंगलादेश बैंकबाट नबिललाई चुक्ता पुँजीमा ४ अर्ब ३३ करोड रुपैयाँ थपिने छ।

२०७८ चैत्र मसान्तको वित्तीय विवरण अनुसार नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपश्चात नबिल बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड २९ लाख रुपैयाँ पुग्नेछ भने कर्जा विस्तार ३ खर्ब ९ अर्ब र निक्षेप रकम ३ खर्ब २० अर्ब रुपैयाँ पुग्नेछ । त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार एक खर्ब ४५ अर्ब रुपैयाँ पुग्नेछ।

एनबीलाई प्राप्तिपश्चात् नबिल बैंकको शाखा सञ्जाल दुई ५४ पुग्नेछ । त्यसैगरी, नौ महिनाको संयुक्त खुद नाफा चार अर्ब ४६ करोड रुपैयाँ हुनेछ।

यस्तै, एनबीलाई प्राप्तिपश्चात् नबिल वाणिज्य बैंकहरुमध्ये निक्षेप, कर्जा, गैरव्याज आम्दानी, गैरकोषमा आधारित व्यवसाय, कुल नाफा लगायतका विभिन्न सूचकांकहरुमा सबैभन्दा अगाडि हुने दाबी गरेको छ।

यो प्राप्तिसँगै नबिल बैंकले बजारमा आफ्नो सेवा र शाखा सञ्जालमार्फत नयाँ रणनीतिअनुसार बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने विश्वास बैंकको छ।

2350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका