जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • बजारमा खाना पकाउने ग्यास सिलिन्डर अभाव

बजारमा खाना पकाउने ग्यास सिलिन्डर अभाव

उपभोक्ताले चाहिनेभन्दा बढी खाना पकाउने ग्यास सञ्चित गर्न थालेपछि बजारमा प्रत्यक्ष असर परेको छ। कोरोना भाइरसको त्रासका कारण एकै व्यक्तिले अत्यधिक संख्यामा सिलिन्डर सञ्चित गरेपछि निम्नवर्ग, मजदुर र विद्यार्थी मर्कामा परेका छन्।

भूकम्प र नाकाबन्दीका समयमा तर्सिएका उपभोक्ताले त्यस्तै अवस्था आउन सक्ने त्रासमा आवश्यकभन्दा बढी सिलिन्डर भरेर जम्मा गरेका हुन्। उपत्यकामा दैनिक ७ हजार संख्यामा सिलिन्डर माग बढेको व्यवसायीले बताएका छन्।

केही दिनदेखि ग्यास बिक्री हुने व्यापारिक प्रतिष्ठानमा निकै लामो लाइन लाग्न सुरु भएको छ। नेपाल आयल निगमका अनुसार मध्यमवर्ग र उच्चवर्गले कम्तीमा पाँचदेखि १० वटासम्म सिलिन्डर राखेका छन्।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार सामान्य अवस्थामा चारजनाको परिवारलाई मासिक एउटा सिलिन्डरले पुग्थ्यो। अहिले त्यस्ता परिवारले पाँचवटासम्म सिलिन्डर जम्मा पारेका छन्। उनले चारजनाभन्दा बढी पारिवारिक सदस्य भएकाले १० वटासम्म सिलिन्डर भरेको दाबी गरे।

8845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।